पोखराको पर्यटन प्रवद्र्धन तथा निजी क्षेत्रका साझा मुद्दामा सहकार्य बढाउने उद्देश्यले पोखरा उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलले देशका विभिन्न उद्योग वाणिज्य सङ्घको भ्रमण गरेको छ ।
पर्यटनको राजधानीमा आन्तरिक पर्यटक भित्र्याउन सङ्घको टोलीले भक्तपुर, धुलिखेल, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, उदयपुरको कटारी र त्रियुगा, सुनसरीको धरान, झापाको बिर्तामोड, इलाम, पाँचथर, तेह्रथुम,महोत्तरीको बर्दीबास तथा मकवानपुरको मकवानपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीलाई भेटेर आपसी सहकार्य र साझेदारीमा जोड दिएको हो । भ्रमण पूरा गरेर सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको टोली बुधबार फर्केको हो ।
जिल्लामा भएका छलफलमा तीनवटै तहका सरकारसँग निरन्तर समन्वय एवं साझेदारी गर्दै उत्पादकत्व वृद्धि, आर्थिक विकास एवं लगानी सुरक्षा तथा प्रवद्र्धनमा लाग्ने प्रतिबद्धता व्यक्त भएको अध्यक्ष प्रजापतिले बताए । लगानीको वातावरण बन्दै गएको र त्यसलाई अझ विश्वसनीय बनाउन सरकारीस्तरबाट सक्दो सहयोग हुनुपर्नेमा उद्यमी–व्यवसायीले जोड दिएका थिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पाेखरा, १२ साउन । नेपाल रेडक्रस सोसाइटी कास्कीले ६१ औँ रक्तसञ्चार सेवा…





