पोखरा । पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ परेका छन् । एक करोड ३० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सुनसहित दुई जनालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको पन्जाब, अमृतसरका ४९ वर्षीय कुलदिप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका १६ का ४७ वर्षीय रामबहादुर बिक छन् । गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले पोखरा २२ पुम्दीभुम्दीबाट बुटवलतर्फ जाँदै गरेको माइक्रो बसमा जाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले ८२ तोला १६ लाल सुनसहितका गरगहना बरामद गरेको छ । ती गरगहनाको बजार मूल्य १ करोड ३० लाख ४१ हजार ८ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई सुनका विभिन्न गरगहनासहित राजश्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज…





