#पोखरा

पोखरामा धनराज एमालेका थापा भन्दा १७५० मतले अघि

पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ७ सय ५१ पु¥याएका हुन् । हालसम्म २८ हजार १ सय ६० मत गणना सम्पन्न हुँदा आचार्यले ११ हजार ८ सय १२ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले १० हजार ६२ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले १ हजार २ सय ७१ र… पुरा पढौ

इलेक्सन अपडेट्स : पोखरामा धनराज आचार्य र कृष्ण थपाको मतान्तर १०५

पोखरा । पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले १ सय ५ मतको अग्रता लिएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३, २४ को ३ हजार ८ सय मतगणनामा आचार्यले अग्रता लिएका हुन् । आचार्यले १ हजार ५ सय ८५ मत प्राप्त गरेका छन् । एमाले कृष्ण थापाले १ हजार ४ सय ८० मत प्राप्त गरेका छन् । राप्रपाका शंकर खरालले २ सय २३, स्वतन्त्र गनेश पौडेलले १ सय १८… पुरा पढौ

अन्नपूर्ण गाउँपालिकामा कांग्रेसका युवराजको अग्रता

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाको जारी मतगणनामा नेकपा एमालेका विष्णु बहादुर केसी र नेपाली कांग्रेसका युवराज कुवँरविच कडा प्रतिस्पर्धा भइरहेको छ । प्राप्त पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका कुँवरले एमालेका केसीलाई २२ मतले अग्रता लिएका छन् ।एमालेका केसीले ६१९ मत प्राप्त गर्दा कांग्रेसका कुँवरले ६४१ मत प्राप्त गरेका छन् । सो गाउँपालिकाको अध्यक्षमा ३ स्वतन्त्र सहित ११ जना चुनावी मैदानमा छन् । यस्तै उपाध्यक्षमा विभिन्न ५ पार्टीका ५ जना चुनावी प्रतिस्पर्धामा छन् । पुरा पढौ

मौसम सुधार हुन अझै केही दिन लाग्ने

पोखरा । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने भएको छ । उक्त मौसमी प्रणालीका कारण केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राती गण्डकी प्रदेशसहित प्रदेश नं १, बागमती तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहनाका साथै देशको उच्च पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको बताइएको छ । महाशाखाको अनुसार सोमबार गण्डकी… पुरा पढौ

पोखराको विन्ध्यवासिनी मा.वि.७५ वर्षमा, विभिन्न कार्यक्रम गरि हीरक जयन्ती मनाउने

पोखरा । पोखराकै पुरानो विद्यालय विन्ध्यवासिनी मा.वि वाटुलेचौरले विभिन्न कार्यक्रम गरी विद्यालय ७५ वर्ष प्रवेशको अवसरमा हीरक जयन्ती मनाउने भएको छ । वि.सं २००४ सालमा स्थापना भएको उक्त विद्यालयले पुस २७ गते हीरक जयन्तीको उद्घाटन गरी चार महिनासम्म विभिन्न कार्यक्रम सहित आगामी २७ गते समापन गरिने वुधवार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा अधिकारी थापाको अध्यक्षतामा ७५ सदस्यीय कार्य समिति, २८ सदस्यीय सचिवालय तथा विभिन्न व्यक्तिको संयोजकत्वमा २९… पुरा पढौ

सुर्य बहादुर के.सीको स्मृर्तिमा पोखरामा अर्धकद शालीक

पोखरा । माछापुच्छ्रे बैंक पोखराका संथापक अध्यक्ष स्व. सुर्य बहादुर के.सीको स्मृर्तिमा माछापुच्छ्रे बैंक पोखरा नयाँबजार को कार्यालय परिषदमा स्व के.सी को अर्धकद शालीक स्थापना गरिएको छ । शालिकको आज एक समारोह विच स्व के.सीकी धर्मपत्नी प्रेम कुमारी के.सीले अनावरण गरिन् । काठमांडौका कलाकार एवम् मुर्तिकार विकल प्रजापतिले बनाएका हुन् । झण्डै २२ वर्ष अगाडि पोखरालाई पर्यटन र आर्थिक क्षेत्रको केन्द् बनाउनुपर्छ भनेर स्व के.सीले बैंक स्थापना गरेकी हुन् । कार्यक्रममा स्व के.सी का बारेमा बोल्दै पुर्व प्रहरी वरिष्ट उपरीक्षक… पुरा पढौ

प्रकाश –मिना जोडीले उचाले पहिलो ‘दोहोरी च्याम्पियन’ को उपाधी

पोखरा । नेपाल टेलिभिजनको आयोजनामा सञ्चालित पहिलो दोहोरी च्याम्पियनको उपाधी प्रकाश पराजुली र मिना बुढाथोकीले उचालेका छन् । शनिबार पोखरामा सम्पन्न फिनालेमा पराजुली–बुढाथोकी जोडी विजयी घोषित भएका हुन् । विजयी भएका उनीहरुले उपाधीसहित २० लाख रुपैयाँ र एक करोड बराबरको जीवन बीमा प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा बालचन्द्र बराल र शोभा कार्कीको जोडी द्वितिय घोषित भएका छन् । उनीहरुले पुरस्कार स्वरुप १० लाख रुपैयासँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गरेका छन् । प्रतियोगिताको तृतिय स्थान सविन आचार्य र… पुरा पढौ

सरकार परिवर्तन भएको अनुभुति मिडियाले गर्न पाएन : अध्यक्ष पोखरेल

पोखरा । नेपाल पत्रकार महासंघ केन्द्रका अध्यक्ष विपुल पोखरेलले सरकार परिवर्तन भएको अनुभुति मिडियाले गर्न नपाएको गुनासो गरेका छन् । मंगलबार गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापालाई भेट्दै पोखरेलले प्रदेश सरकारले ल्याउन लागेको मिडिया विधेयक अघिल्लो सरकारको निरन्तरता भएको बताए । उनले भने, ‘अघिल्लो सरकारले मिडिया विधेयक ल्याउन लाग्दा पत्रकार महासंघले ज्ञापन पत्र बुझाएको थियो । चरणबद्ध रुपमा विभिन्न छलफल भएता पनि कार्यन्वयन भएन र मिडिया विधेयक आउनबाट रोकियो ।’ सोही विधेयकलाई जस्ताको त्यस्तै पारित… पुरा पढौ

पोखराको ‘ल्याण्डफिल साइट’ पस्माराङ सारिने

पोखरा । पोखरा महानगरपालिकाले हालको ल्याण्डफिल साइट पोखरा महानगरपालिकाको उत्तरपूर्वी क्षेत्र पस्मराङमा सार्ने भएको छ । पोखरा महानगरपालिकाको हालै बसेको कार्यपालिका बैठकले हाल पोखरा १४ बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइट पोखरा महानगरपालिका वडा नम्बर १६ र २० को बिचमा पर्ने पस्मराङमा सार्ने निर्णय गरेको हो । हालको ल्याण्डफिल साइट अन्तर्राष्ट्रिय उडान रुटमा पर्ने भएपछि त्यसलाई सार्न महानगरले अध्ययन समिति बनाएको थियो । वडा नम्बर १६ का अध्यक्ष जीवन आचार्यको संयोजकत्वमा वडा नम्बर ११ का अध्यक्ष मोहन बास्तोला र प्राविधिक सम्मिलित अध्ययन… पुरा पढौ

यौनजन्य गतिविधीमा संलग्नको आरोपमा क्यानेडियन नागरिक पोखराबाट रंगेहात पक्राउ

पोखरा । पोखरामा नाबालकहरुलाई यौनजन्य गतिविधी गर्दै आएको आरोपमा प्रहरीले एक जना क्यानेडियन नागरिकलाई रंगेहात पक्राउ गरेको छ । पोखराको लेकसाइडमा नाबालकहरुलाई ललाई फकाई, डरत्रास तथा विभिन्न प्रलोभनामा पारी यौनजन्य गतिविधी गर्र्दै आएको आरोपमा कास्की प्रहरीले क्यानेडियन नागरिक वर्ष ४४ का रोर्बट किन्केलीलाई पक्राउ गरेको हो । शनिबार दिउँसो दिउँसो साढे एक बजे जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई ३ जना बालकहरुलाई साथमा राखी यौनजन्य गतिविधी गर्दै गरेको अवस्थामा पक्राउ गरी नावालकहरुलाई उद्धार गरेको प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक… पुरा पढौ