तमु धिं नेपाल

तमु ल्होछार आगमनमा तमु धिंले औषधोपचारका लागि १० बिरामीलाई २ लाख ५० हजार सहयोग

तमु ल्होछार आगमनको अवसरमा तमु धिं नेपालले शुक्रवार १० जना विरामीलाई २ लाख ५० हजार रुपैया स्वास्थ्योपचारका लागि सहयोग वितरण गरेको छ। तमु समुदायको महान चाड, राष्ट्रिय पर्व तमु ल्होछार आगमनको अवसरमा आयोजित विभिन्न कार्यक्रम अन्र्तगत तमु धिं नेपालका परमआदरणीय मेजर जयबहादुर–उदय चन्द्र–मेजरनी रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोषबाट १० जना विरामीलाई जनही २५ हजार रुपैयाको दरले औषधोपचारका लागि सहयोग वितरण गरेको हो। औषधोपचार सहयोग पाउनेहरुमा मिरुवा तमु समाजका प्रेमकाजी गुरुङ, पोखरा २७ का प्रेमबहादुर कुमाल, तनहुँ तमु समाजकी सितामाया गुरुङ, बाग्लुङ… पुरा पढौ

तमु धिं नेपाल स्याङ्जाको अध्यक्षमा बालकुमार गुरुङ

तमु धिं नेपाल स्याङ्जा जिल्ला भेलाले शनिवार युवा समाजसेवी बालकुमार गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ । स्याङ्जा उद्योग वाणिज्य संघको हलमा सम्पन्न भेलाद्वारा गठित समितिको उपाध्यक्षमा आइ बहादुर गुरुङ, सचिवमा सुबेदार जितबहादुर गुरुङ, सहसचिवमा ममता गुरुङ, कोषाध्यक्षमा खेमबहादुर गुरुङ चयन हुनुभएको छ । यसरी नै सदस्यहरुमा रबिना गुरुङ, मनोज गुरुङ, सुकबहादुर गुरुङ, क्षेत्र बहादुर गुरुङ, मदन गुरुङ, बीरबहादुर गुरुङ, भुवनसिङ गुरुङ, शान्ता गुरुङ, डमप्रसाद गुरुङ र लिला गुरुङ रहनुभएको छ। नवनिर्वाचित कार्यसमितिलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर… पुरा पढौ

तमु धिं नेपाल पर्वतको अध्यक्षमा प्रभु गुरुङ निर्वाचित ,गुरुङहरु एकतावद्ध एवम उत्कृष्ठ बनौंः गाँउपालिका अध्यक्ष गुरुङ

पर्वत जिल्लाको सदरमुकाम कुश्मामा सम्पन्न तमु धिं नेपाल पर्वत जिल्ला भेलाले दुर्लुङका प्रभु गुरुङको अध्यक्षतामा १७ सदस्यीय तमु धिं नेपाल पर्वत जिल्ला कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा क्षितिज गुरुङ, सचिवमा दुर्लुङका प्रितम गुरुङ, सहसचिवमा चित्रेका महेन्द्र गुरुरु, कोषाध्यक्षमा फलेवासकी रेवती गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ। यसरी नै सदस्यहरुमा बाजुङका भिमबहादुर गुरुङ, विहादीका गणेश गुरुङ, बालाकोटका धन प्रसाद गुरुङ, दुर्लुङका अशोक(प्रेम कुमार गुरुङ), लामेका सु.डम्बर बहादुर गुरुङ, कुश्माकी पार्बती गुरुङ, खाल्टेका दिलीप कुमार गुरुङ, चित्रेका जयप्रकाश गुरुङ, भँगराका सागर… पुरा पढौ

पोखरामा ल्होछार शुभकामना दौड प्रतियोगिता पुस १३ गते

पोखरा । तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धिं नेपालले सप्ह्री ल्हो (सर्प वर्ग) तमु ल्होछार आगमनको क्रममा पोखरामा पुस १३ गते ल्होछार शुभकामना दौड प्रतियोगिता गर्ने भएको छ। तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धिं नेपालले विविध कार्यक्रम गरी आउदै गरेको सप्ह्री ल्हो (सर्प वर्ग) तमु ल्होछार भव्यताका साथ मनाउने भएको छ । पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपाल केन्द्रिय कार्यालयमा शुक्रवार सम्पन्न तमु समाजहरुसहितको बृहत बैठकले पुसको १३ गतेदेखि १५ गतेसम्म विविध कार्यक्रम गरी तमु ल्होछार मनाउने तयारीमा… पुरा पढौ

तमु धिं नेपालको संग्रहालयमा सालिक अनावरण

तमु धिं नेपालको संग्रहालयमा आज सालिक अनावरण गरिएको छ । वरिष्ठ समाजसेवी स्व.मेजर जयबहादुर गुरुङ र श्रीमती रुपकुमारी गुरुङको सालिक तमु धिं नेपालको गुरुङ संग्रहालयमा आज एक कार्यक्रमका बिच प्रमुख अतिथि वरिष्ठ समाजसेवी रुप कुमारी गुरुङ (मेजरनी बजै)ले अनावरण गरेकी हुन् । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ समाजसेवी रुप कुमारी गुरुङ (मेजरनी बजै) ले आर्थिक अभावले स्वास्थ्योपचारको समस्या हुने बिरामीहरुका लागी तमु धिं नेपालमा रु. १ करोड १५१ रुपैँयाको स्वाथ्योपचारकोष स्थापना गरेकी छन् । यस स्वाथ्योपचारकोष अन्र्तगत गुरुङ समुदायका ब्यक्तिले मात्रै… पुरा पढौ