तमु धिं नेपालको संग्रहालयमा आज सालिक अनावरण गरिएको छ ।
वरिष्ठ समाजसेवी स्व.मेजर जयबहादुर गुरुङ र श्रीमती रुपकुमारी गुरुङको सालिक तमु धिं नेपालको गुरुङ संग्रहालयमा आज एक कार्यक्रमका बिच प्रमुख अतिथि वरिष्ठ समाजसेवी रुप कुमारी गुरुङ (मेजरनी बजै)ले अनावरण गरेकी हुन् ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ समाजसेवी रुप कुमारी गुरुङ (मेजरनी बजै) ले आर्थिक अभावले स्वास्थ्योपचारको समस्या हुने बिरामीहरुका लागी तमु धिं नेपालमा रु. १ करोड १५१ रुपैँयाको स्वाथ्योपचारकोष स्थापना गरेकी छन् । यस स्वाथ्योपचारकोष अन्र्तगत गुरुङ समुदायका ब्यक्तिले मात्रै नभई अन्य समुदायका बिरामीहरुले पनि यस स्वाथ्योपचारकोषवाट आर्थिक सहयोग पाउने उनले बताइन् ।
यसैगरी २०५७ सालमा रु.१७ लाख ५ हजार रुपैयामा तमु धिं नेपालको मुल घर साँस्कृतिक धिं (हालको गुरुङ संग्रहालय) बनाउन पनि समाजसेवी (मेजरनी बजै) र उनका श्रीमान समाजसेवी स्व.मेजर जयबहादुर गुरुङ ले सहयोग गरेको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बताए ।
उक्तको कार्यक्रमको सभापतित्व तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ ,स्वागत मन्तब्य तमु धिं नेपालका उपाध्यक्ष श्री प्रसाद गुरुङ सञ्चालन तमु धिं नेपालका सचिव जुम काजी गुरुङले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि…






