शिक्षा

‘जेसीआई नेपाल लेडी एकेडेमी २०२६’ सम्पन्न

पर्यटकीय राजधानी पोखरामा ‘जेसीआई नेपाल लेडी एकेडेमी २०२६’ सम्पन्न भएको छ । जेसीआई नेपालको आयोजनामा तथा जेसीआई पोखरा लेडीको आतिथ्यतामा सम्पन्न कार्यक्रममा महिला नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि तथा संस्थागत क्षमता सुदृढीकरणको क्षेत्रमा महत्त्वपूर्ण सन्देश दिएको बताईएको छ ।कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीले महिला नेतृत्व विकासलाई संस्थाको प्राथमिकतासँग जोड्दै सक्षम महिला नेतृत्व नै समुन्नत समाज निर्माणको महत्त्वपूर्ण आधार भएको बताए ।उनले महिलाहरूलाई नेतृत्वका अवसर प्रदान गर्नुका साथै निर्णय प्रक्रियामा सक्रिय सहभागिता सुनिश्चित गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने स्पष्ट… पुरा पढौ

कालिका बहुमुखी क्याम्पसको ३५ औं क्याम्पस सभा सम्पन्न

कालिका बहुमुखी क्याम्पस पोखराको ३५ औं क्याम्पस सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै क्याम्पसका संरक्षक ले.कर्नेल जे. पि. क्रसले कालिका क्याम्पसबाट प्राप्त शिक्षाको ज्योती देश, विदेश सम्म फैलिएको बताउँदै खुशी व्यक्त गरेका छन् । उनले ब्रिटिस इन्डियन आर्मीमा रहँदा, सेवा प्रवेशको सुरुवाती दिनहरूमा कुनै नेपाली सिपाहीले नामसमेत स्पष्टसँग भन्न नसक्दाको क्षणलाई स्मरण गरे । त्यही प्रेरणा र चेतनाका कारण नेपालमा आई शिक्षाको क्षेत्रमा योगदान पु¥याउने दृढ निर्णय लिएको उनले स्मरण गरे । क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण के.सी.ले… पुरा पढौ

शिक्षालाई भविष्यका चुनौती र अवसरसँग जोड्न राष्ट्रपति पौडेलको जोड

राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन गर्दै विद्यार्थीलाई भविष्यका चुनौती सामना र अवसरको सदुपयोग गर्न सक्षम बनाउनुपर्ने बताएका छन् । पशुपति मित्र माध्यमिक विद्यालयको ८०औँ वर्ष प्रवेशका अवसरमा आज आयोजित समारोहमा उनले विज्ञान, प्रविधि र कृत्रिम बौद्धिकताको तीव्र विकाससँगै शिक्षा प्रणालीको स्वरूप परिवर्तन भइरहेको बताए । सामाजिक सद्भावलाई शिक्षाको अभिन्न अङ्ग बनाउनुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले राष्ट्रको भविष्य निर्माण गर्ने आधार मुलुकको शैक्षिक प्रणाली भएकाले विद्यार्थीमा अनुशासन, इमानदारी, परिश्रम, सदाचार, देशप्रेम र सामाजिक उत्तरदायित्वजस्ता गुण विकास गर्नुपर्ने… पुरा पढौ

कालिका बहुमुखी क्याम्पसमा “फाइभ ए साइड” फुटबल सम्पन्न

कालिका बहुमुखी क्याम्पसमा अन्तर संकाय छात्र तथा छात्रा फइभ ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थी कल्याण्कारी समितिको आयोजनामा असोज २१ गते देखी शुरु भएको उक्त प्रतियोगितामा छात्र तर्फ वि वि एस दोश्रो वर्ष प्रथम , वि वि एस प्रथम वर्ष दितीय , भइ क्रमश रु ७ हजार नगद, प्रमाणपत्र र मेडल , रु ५ हजारनगद प्रमाणपत्र र मेडल प्रदान गरीएको थियो । त्यसै गरी छात्रा तर्फ वि वि एस प्रथम वर्ष प्रथम भइ नगद, प्रमाण पत्र र… पुरा पढौ

दशैँको खुसी बाँड्दै सेफर्ड कलेज असहाय सेवा सदनमा

विजयादशमीको अवसर पारेर सेफर्ड कलेज काठमाडौंले असहाय सेवा सदनमा रहेका ज्येष्ठ नागरिकसँग खुसी, आत्मीयता र सद्भाव साटासाट गरेको छ । दशैँ विशेष कार्यक्रम अन्र्तगत चाडपर्वको खुसीलाई सामाजिक सेवासँग जोड्ने उद्देश्यले आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकलाई सहयोग प्रदान गर्नुका साथै सांगीतिक प्रस्तुति गरिएको थियो । कलेजको बीआईटी र बीएमटी कार्यक्रमका विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले आश्रममा रहेका ज्येष्ठ नागरिकसँग भेटघाट गर्दै दशैँको शुभकामना आदानप्रदान गरेका थिए । यस क्रममा विद्यार्थीहरूले ज्येष्ठ नागरिकबाट टीका तथा आशीर्वाद ग्रहण गरेका थिए भने उनीहरूलाई सहयोग… पुरा पढौ

स्कुल बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । पोखरा महानगरपालिकाले वरिष्ठ शिक्षा अधिकृत बद्री नाथ सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहेका छन् । समितिलाई दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन, घटनाको कारण पहिचान गर्न तथा आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय र सुझावसहित प्रतिवेदन पेस गर्न कार्य… पुरा पढौ

पोखरामा विद्यालय बस दुर्घटना: मृत्यु भएका पाँचमध्ये चारजनाको पहिचान खुल्यो

पोखरामा आज बिहानै भएको स्कुल बस दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ । पोखरा २८ माझठानाबाट कालिका आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस ओख्लेस्थित भीरबाट खस्दा ४ विद्यार्थीसहित एक स्थानीयको मृत्यु भएको हो । दुर्घटनामा परि दुई बालिकासहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कक्षा १० मा अध्ययनरत विद्यार्थी बोकेर आउँदै गरेको ग २ ख १४१७ को बस ओख्ले नजिक दुर्घटनामा परेको थियो ।मृत्यु हुनेमा १५ वर्षीया ममता तिवारी, करिब १४ वर्षीय अशिम कँडेल, १५ वर्षीय सुवेच्छा… पुरा पढौ

माउन्ट अन्नपूर्णमा नेपाली र अंग्रेजी वक्तृत्वकला प्रतियोगिता

पोखरा ३, नदीपुर भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरूबीच नेपाली तथा अंग्रेजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। अंग्रेजी वक्तृत्वकला प्रतियोगितामा कक्षा १२ ‘ए’ व्यवस्थापनकी जेनिफा गुरुङ प्रथम, कक्षा ११ कम्प्युटर साइन्सकी प्रतिक्षा तामाङ दोस्रो, कक्षा ११ कम्प्युटर साइन्सकी खुसि कुमारी सराफ तेस्रो र कक्षा ११ ‘ए’ की राइसा खातुनले सान्त्वना स्थान हासिल गरिन् । त्यस्तै, नेपाली वक्तृत्वकला प्रतियोगितामा कक्षा ११ कम्प्युटर साइन्सका निशान तिलिजा प्रथम, कक्षा १२ ‘ए’ व्यवस्थापनकी श्रीया परियार दोस्रो, कक्षा… पुरा पढौ

जनप्रिय माविमा अभिभावकसँग निरन्तर अन्र्तक्रियात्मक अभिमुखीकरण

पोखराको सिमलचौरमा रहेको जनप्रिय माविले अभिभावकसंगको अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिएको छ । शैक्षिक सत्र सुरु भएसँगै कक्षागत अभिभावकसंग अन्तरक्रिया गर्दै आएको विद्यालयले दशंै तथा तिहार बिदामा गर्नु पर्ने गृहकार्य तथा सुधार बारेमा छलफल भएको थियो । कार्यक्रममा सहभागी अभिभावकहरुले गुगल तथा एआईबाट जस्ताको तस्तै सारेर गृहकार्य बुझाउने, पुरा समय पढ्न नपाउने, पाठ्यभार पुरा नगर्ने, बिदाको जानकारी नहुने, कोर्षको वेवस्ता गर्ने, नयाँ संस्कार तथा सस्कृतिमा ध्यान नदिने, शिक्षक बिदामा रहँदा कक्षा खाली रहने लगायत विभिन्न सुधार गर्नु पर्ने विषयमा धारणा राखेका… पुरा पढौ

तालबाराही माविमा १५ लाखको बालमैत्री फर्निचर सहयोग हस्तान्तरण

पोखरा । पोखरा–६, बैदामस्थित तालबाराही माध्यमिक विद्यालयमा १५ लाख रुपैयाँ बराबरको बालमैत्री फर्निचर हस्तान्तरण गरिएको छ। बालमैत्री फर्निचरले विद्यार्थीलाई सहज, सम्मानजनक र बालमैत्री शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ। सोमबार विद्यालयमा आयोजित बालमैत्री फर्निचर हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गोविन्दराज पहारीले बैदामस्थित तालबाराही माध्यमिक विद्यालय भौतिक तथा शैक्षिक रूपमा पछि परेको उल्लेख गर्दै विद्यालयको विकासका लागि स्थानीयको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो ।बालबालिकाले सहज, सम्मानजनक र बालमैत्री वातावरणमा अध्ययन गर्न सकून् भन्ने… पुरा पढौ