शिक्षा

विन्ध्येश्वरी आदर्शमा मौलिक तीज गीत तथा राइम्स प्रतियोगिता सम्पन्न

पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा तीज पर्वको अवसरमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । नेपाली मौलिक कला तथा संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले आयोजित प्रतियोगितामा विभिन्न कक्षा तथा समूहका विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।चार तहमा गरी बिभिन्न २५ वटा समुहले मौलिक तीज गीत प्रस्तुत गरेको अतिरिक्त क्रियाकलाप बिभागका संयोजक राजु बयलकोटीले जानकारी दिए । कार्यक्रममा विद्यार्थीहरुले आफैँ गीत गाउने र आफैँले बाद्यबादनको संयोजन समेत गरेका थिए । आजै भएको राइम्स प्रतियोगितामा कक्षा एल.के.जी. प्रथम, आधारभूत जुनियरमा कक्षा १… पुरा पढौ

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछः शिक्षामन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताएका छन् । मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा आज जनकपुरधाममा आयोजित राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि सुझाव तथा पृष्ठपोषण कार्यक्रममा उनले समयानुकूल र विद्यार्थीको आवश्यकताअनुसार पाठ्यक्रम परिमार्जनको गृहकार्य भइरहेको जानकारी दिए । हालको पाठ्यक्रममा व्यापक परिमार्जन आवश्यक देखिएकाले कार्यदल गठन गरी देशव्यापीरूपमा सरोकारवालाबाट सुझाव सङ्कलन भइरहेको जानकारी दिँदै मन्त्री पोखरेलले प्राप्त सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गरी आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम… पुरा पढौ

कुमुदिनी होम्सद्वारा बाढीपीडितलाई राहत

पोखराकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयले भदौ १० मा आएको विनाशकारी भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितका लागि २ लाख ५५ हजार १ सय ७२ रुपैयाँ सहयोग गरेको छ । विद्यालय परिवारले सङ्कलन गरेको रकम प्रधानमन्त्री दैवीप्रकोप कोषमा जम्मा गर्नका लागि प्याब्सन कास्कीका अध्यक्षलाई हस्तान्तरण गरेको छ।विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी र प्रशासनको तर्फबाट सो रकम जुटाइएको हो । विद्यार्थीहरुबाट ५१ हजार ४ सय ७५ रुपैयाँ सङ्कलन भएको छ । शिक्षक र कर्मचारीहरुले ९२ हजार ५ सय ८६… पुरा पढौ

आख्यान पुरस्कारका लागि तीन कृति छनोट

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारका लागि ३ वटा कृति छनोट भएका छन् । कविडाँडा साहित्य समाजले छनोट भएका आख्यान कृतिको नाम सार्वजनिक गरेको छ । समाजले दिएको जानकारी अनुसार क्षितिज सर्मपणको कृति ‘तोरकीन’, सीमा आभाषको ‘महायुग’ र नीलम कार्की निहारिकाको ‘राजमाता’ रहेका छन् । छनोट भएका मध्ये सर्वोत्कृष्ट एक कृतिलाई कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८२ प्रदान गरिने अध्यक्ष एल.बी क्षेत्रीले जानकारी दिए । पुरस्कारको राशी २ लाख १६० रहेको छ । आगामी असोजको पहिलो साता सर्वोत्कृष्ट पुरस्कृत आख्यान कृतिको घोषणा गरिने… पुरा पढौ

एन प्याब्सन कास्कीको नवनिर्वाचित समितिको पदस्थापन

नेसनल प्याब्सन कास्कीका निर्वाचित पदाधिकारी तथा सदस्यहरुको मंगलबार पदस्थापन गरिएको छ । निर्वाचन समितिले सम्पन्न नवौं जिल्ला अधिवेशनबाट सर्वसम्मत निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई लाई पदस्थापन गरेको हो । उक्त कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रीय सचिव तथा निर्वाचन समितिका सदस्य राम थापा, वरिष्ठ उपाध्यक्ष याम खड्का, उपाध्यक्ष रामबहादुर मोची, कास्कीका निर्वतमान अध्यक्ष हेमन्त अधिकारीले अविर खादा र प्रशंशा पत्र प्रदान गरेका थिए । कार्यक्रमममा बोल्दै नेसनल प्याब्सनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष याम खड्काले एन प्याब्सनको गरिमालाई उचाईमा पु¥याउन नयाँ समिति कटिवद्ध भएर लाग्ने… पुरा पढौ

भोटेकोशी बाढीपिडितका लागि प्रगति मा.विको ७ लाख बढी सहयोग

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहतका लागि पोखरा १६, बाटुलेचौरस्थित प्रगति माध्यमिक विद्यालयले आर्थिक सहयोग गरेको छ । विद्यालय परिवार, शिक्षक, कर्मचारी र विद्यार्थीबाट संकलित ७ लाख १ सय ३१ रुपैयाँ प्याब्सन कास्की मार्फत प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार राहत कोषमा जम्मा भएको विद्यालयले जनाएको छ ।बाढी प्रभावितका लागि विद्यार्थीबाट १ लाख ९१ हजार १६६, शिक्षक कर्मचारीबाट २ लाख ७३ हजार ९६५, विद्यालयको च्यारिटी फण्डबाट ७५ हजार र विद्यालय संचालकबाट १ लाख ६० हजार गरी ७… पुरा पढौ

एन प्याब्सन कास्कीको अध्यक्षमा मनकाजी निर्विरोध

नेसनल प्याब्सन, कास्कीको अध्यक्षमा मनकाजी गुरुङ निर्विरोध चयन भएका छन् । आइतबार सम्पन्न नवौं जिल्ला अधिवेशन एवम् १८ औं वार्षिक साधारण सभाले गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।समितिको वरिष्ठ उपाध्यक्षमा प्रेमराज अधिकारी, उपाध्यक्षमा राजु केसी, सचिवमा शिवराज पौडेल, कोषाध्यक्षमा राजु कायस्थ, सहसचिवमा रमेशराज पौडेल, सहकोषाध्यक्षमा अर्जुनप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।त्यसैगरी समितिको सदस्यहरुमा अर्जुनप्रसाद पाण्डे, ज्ञानेन्द्रबहादुर थापा, तोलाकान्त न्यौपाने, दिपु भारी, रुद्रप्रसाद अधिकारी, देव क्षेत्री, माधव शरण पौडेल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सोमनाथ पौडेल… पुरा पढौ

बाढीबाट प्रभावितका लागि ग्लोबल कलिजियटद्वारा १० लाख ३ हजार सहयोग

भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि पोखरास्थित ग्लोबल कलिजियट स्कुलले १० लाख ३ हजार ७०५ रुपैयाँ सहयोग गरेको छ। विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, विपद् व्यवस्थापन तथा पुनर्निर्माण कार्यमा सहयोग पु¥याउने उद्देश्यले विद्यालय परिवारले उक्त रकम संकलन गरेको हो। विद्यालयका प्राचार्य बाबुराम पन्तका अनुसार विद्यार्थीबाट ३ लाख २३ हजार १९५, शिक्षक तथा कर्मचारीबाट ३ लाख ३० हजार ५१० र विद्यालय प्रशासनबाट ३ लाख ५० हजार गरी कुल १० लाख ३ हजार ७०५ रुपैयाँ संकलन गरिएको हो।संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप… पुरा पढौ

प्रतिभा माविमा शैक्षिक बहसः सिकाई तरिका परिवर्तन गर्न सुझाव

विद्यार्थीको सिकाई प्रभावकारिता र कक्षाकोठा व्यवस्थापनका बिषयमा पोखरामा गहन छलफल गरिएको छ । विकसित प्रविधि अनुसार शिक्षण सिकाईलाई कसरी अघि बढाउने भन्ने विषयमा पछिल्लो समय अन्योल उत्पन्न हुँदै गएको अवस्थामा त्यही अन्योललाई चिर्न सकिने उपायबारे पोखरामा शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाले छलफल गरेका हन् । काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेशन र पोखराको प्रतिभा माविको आयोजनामा भएको छलफलमा पोखरा क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक सहित शिक्षा क्षेत्रमा सक्रिय पदाधिकारी सहभागि छन् । दुईदिनसम्म चल्ने छलफलले शिक्षण विधिलाई अगाडि बढाउने तरिकाबारे छलफल… पुरा पढौ

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउन सातै प्रदेशमा सरोकारवालासँग प्रत्यक्ष छलफल गरी सुझाव तथा पृष्ठपोषण सङ्कलन गरिने भएको छ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि पाठ्यक्रम विकास केन्द्रको सहजीकरणमा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलले भदौ २४ देखि ३० गतेसम्म सातै प्रदेशका २८ जिल्लामा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, विज्ञ, नीतिनिर्माता तथा अन्य सरोकारवालासँग अन्तर्क्रिया गर्ने भएको हो । सातवटा टोली प्रदेशगत रूपमा परिचालन हुनेछ । पहिलो चरणमा २८ जिल्लामा सरोकारवालासँग अन्तक्र्रिया गरिनेछ ।… पुरा पढौ