शिक्षा

शिक्षकका मागलाई शीघ्र सम्बोधन गर्नुपर्नेमा अध्यक्ष ‘प्रचण्ड’ को जोड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन । विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डल आज भएको भेटमा उनले शिक्षकका जायज मागलाई बेवास्ता गर्न नहुने बताए। “अहिले जति संशोधन दर्ता भए पनि कतिपय एउटै प्रकृतिका छन्। उपसमिति बनाएर भए पनि तत्काल पारित गर्नेतर्फ जान सकिन्छ,” विधेयकलाई तत्काल पारित गर्नुपर्नेमा जोड दिँदै भने, “ मुख्य कुरा इच्छाशक्तिको हो । शिक्षा र… पुरा पढौ

सनराईज क्लवको स्थापना मनायो

लेखनाथ,१ चैत्र । पोखरा महानगरपालिका वडा नं २६ को अर्घौमा रहेको सनराईज क्वले आफनो १६ औं स्थापना दिवस विद्यार्थीहरुलाई सहयोग गरेर मनाएको छ । हरेक वर्षको स्थापना दिवसमा कुनै न कुनै रचनात्मक कार्य गर्दै आएको क्लवले यस वर्ष पोखरा–२६ मा रहेको लक्ष्मी आदर्श माविमा अध्यानरत २३ जना जेहेन्दार तथा गरिव विद्यार्थीहरुका लागि स्टेशनरी र झोला वितरण गरेर मनाएको हो । सोही अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले आर्थीक अभावका कारण विद्यालय जानबाट कुनै पनि विद्यार्थीहरु… पुरा पढौ

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेसी माध्यमिक विद्यालयले व्यावहारिक शिक्षासँगै प्रयोगात्मक सीप सिकाउन थालेपछि यहाँका विद्यार्थी आत्मनिर्भर हुन थालेका छन् । विद्यालयका विद्यार्थी पछिल्लो समय लोकबाजामा आत्मनिर्भर हुन थालेका हुन् । विद्यालयले पछिल्लो समय विद्यार्थीको क्षमतालाई पहिचान गर्दै लोक संस्कृति संरक्षण गर्ने उद्देश्यले नौमती बाजाको व्यवस्थापन गरेपछि विद्यार्थी उत्साहित भएका छन् । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीको सक्रिय सहभागितामा विद्यालयमा तालबेँसी बाजा समूह गठन गरिएको प्रधानाध्यापक ध्रुव वाग्लेले जानकारी दिए । विद्यालयको सांस्कृतिक, शैक्षिक एवं अन्य शुभकार्यमा समेत विद्यार्थीले नौमती… पुरा पढौ

निसीखोलामा ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पढाइ

बागलुङको निसीखोला गाउँपालिकाले ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पठनपाठन गराउन थालेको छ । गाउँपालिकाले यस वर्षदेखि गेमी (हाम्रो) निसीखोला नाम पाठ्यपुस्तक तयार गरेर पठनपाठन गराउन थालेको हो । सात वडा रहेको निसीखोलामा वडा नं ५ र ६ मा मात्र खाम भाषा बोल्ने गरिन्छ । अन्य वडामा भने नेपाली भाषामै पाठ्यपुस्तक तयार गरेर लागू गरेको निसीखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुसार अन्य वडाका विद्यालयमा पढाइ हुने विषयवस्तु एउटै भए पनि दुई वटा वडाका १६ विद्यालयमा… पुरा पढौ

उच्च मावि तथा उच्च शिक्षा पढ्ने विद्यार्थीलाई पालिकाको अनुदान

पर्वत । सरकारले माध्यमिक तहसम्मको पठनपाठन निःशुल्क उपलब्ध गराउँदै आएको छ । उच्च शिक्षा पढ्नका लागि भने विद्यार्थीले शुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था छ । आर्थिक रूपमा सबल विद्यार्थीले शुल्क तिरेरै भए पनि गुणस्तरीय शिक्षा लिइरहेका छन् । आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीले भने बीचैमा पढाइ छाडेर बस्नुपर्ने वा विदेश पलायन हुने गरेको अवस्थालाई मध्यनजर गर्दै पर्वतको महाशिला गाउँपालिकाले यस्ता विद्यार्थीलाई अनुदान उपलव्ध गराउन थालेको छ । पालिकाले आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि उच्च शिक्षा पढ्न प्रोत्साहित गर्ने उद्देश्यले यो कार्यक्रम… पुरा पढौ

महिला दिवसको अवसरमा नेराशिसं माछापुच्छ्रे गापाको प्रशिक्षण तथा परिषद् सम्पन्न

पोखरा । महिला दिवसको अवसरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन माछापुच्छ्रे गाउँपालिकाले साङ्गठनिक  प्रशिक्षण तथा सातौँ परिषद् सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेराशिसं गण्डकी प्रदेशका कोषाध्यक्ष बोधराज पौडेलले महिला दिवसको अवसरमा शुभकामना दिँदै शिक्षा क्षेत्रमा महिला शिक्षकले नाम निकाल्ने लहरको बाढी आउनु सुखद् हो भन्दै अब नेतृत्वमा पनि महिला शिक्षक आउनुपर्ने बताए । त्यस्तै शिक्षक महासङ्घको गठन प्रक्रियामा गण्डकी प्रदेशको कास्की र गोरखामा भएको विवाद अब सकिएको र छिट्टै जिल्ला र पालिकास्तरमा महासङ्घ गठन हुने बताए । माछापुच्छ्रे गापा वडा… पुरा पढौ

सुन्दर भवनभित्र अभाव झेल्दै विद्यामन्दिर

बलेवा । ठूलो पक्की भवनको घेराले विद्यालय प्राङ्गण छेकिएको छ । साँघुरो जग्गामा दाताको भरमा बनेका भवन उत्तरतर्फ विद्यालय प्राङ्गण र दक्षिणतर्फ सार्वजनिक सडकसँग जोडिएका छन् । झट्ट हेर्दा लाग्छ यहाँ सटरको भाडाले मात्रै विद्यालयले मनग्ये आम्दानी गरिरहेको छ । विद्यार्थीका लागि आवश्यक सबै पूर्वाधार बनिबनाउ छन्, विद्यालयमा अभाव केहीकुरामा नहोला, तर २३ जिल्लाका विद्यार्थीले अध्ययन गर्ने यही विद्यालयमा न खेलमैदान छ न पर्याप्त शौचालय र अन्य पूवार्धर नै । बागलुङ जिल्लाको पुरानोमध्येको एक सामुदायिक विद्यालय हो विद्यामन्दिर । विद्यार्थी… पुरा पढौ

पश्चिमाञ्चल माविमा ‘फूड फेस्टिबल’

दुई पुरुष हात मिलाईरहेका छन् । त्यसको दाहिनेपट्टी पुरुष र बाँयापट्टी महिला छन् भने पछाडिपट्टी मानिसहरुको समूह छ ।
पोखरा, फागुन २०पुस्तकको बाहेक व्यवहारिक सीप उजागर गराउनका लागि पोखरा–४, गैह्रापाटनस्थित पश्चिमाञ्चल माविमा सोमबार एकदिने फूड फेस्टिबल आयोजना गरिएको छ । होटल व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीको संयोजनमा विद्यालयले फेस्टिबल आयोजना गरेको हो ।फेस्टिबलको होटल संघ गण्डकीका अध्यक्ष हरि शर्मा गैह्रेले उद्घाटन गरेका थिए । विद्यालयले पछिल्लो तीनवर्षदेखि निरन्तर फूड फेस्टिबल आयोजना गर्दै आएको छ । प्रमुख अतिथि गैह्रेले विद्यार्थीमा रहेको सीप पस्कने अवसर यस्ता फेस्टिबलले दिने बताए ।‘विद्यार्थीले पुस्तकको ज्ञान मात्र पढेर हुँदैन । उनीहरुलाई व्यवहारिक सीप पनि दिनुपर्छ ।… पुरा पढौ

लिट्रेचर फेष्टिभल : साहित्यिक कम गैरसाहित्यिक बढी

पोखरा, फागुन १९ पोखरामा हालै सम्पन्न नेपाल साहित्य महोत्सव (लिटरेचर फेस्टिभल)को चर्चा परिचर्चा सर्वत्र छ । फेवाताल किनार वाराहीघाटमा चारदिनसम्म आयोजित महोत्सवमा विभिन्न शीर्षकमा गर्मागर्मी बहस भए । बहसमा आर्थिक, सामाजिक, राजनीतिकसँगै साहित्यिक विषयवस्तु समेटिए । तर साहित्य महोत्सवमा साहित्य कम राजनीतिक, आर्थिक बहस बढी भएको चर्चा चुलिएको छ । जसले गर्दा साहित्य महोत्सव माथि नै प्रश्न उठेका छन् । खास गरेर साहित्य महोत्सव साहित्यिक बहसमा केन्द्रीत हुनुपथ्र्यो, महोत्सवको उद्देश्य नै त्यहि नै बताईएको थियो । तर आयोजकको कमजोरी हो… पुरा पढौ

यात्रा र पर्यटन साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न

पोखरा, फागुन १८ यात्रा र पर्यटन सम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भएको छ । पोखरा विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकाय र लिटेररी एसोसियसन अफ नेपालको संयुक्त आयोजनामा यात्रा र पर्यटन विषयक ४५औं अन्तर्राष्ट्रिय सम्मेलन पोखराको लेकसाईडमा आयोजना गरिएको हो । सम्मेलनमा विश्वका ६ देशका ४६ जना प्रमुख शोधकर्ताहरूले कार्यपत्र प्रस्तुत गरे । दुई दिनसम्म भएको सम्मेलनका विविध शत्रहरूमा यात्रा र पर्यटन साहित्यका क्षेत्रमा भएका विभिन्न पहलहरूको चर्चा गरिएको छ । सम्मेलनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै गण्डकी प्रदेश नीति तथा… पुरा पढौ