शिक्षा

पोखरामा विद्यालय बस दुर्घटना: मृत्यु भएका पाँचमध्ये चारजनाको पहिचान खुल्यो

पोखरामा आज बिहानै भएको स्कुल बस दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ । पोखरा २८ माझठानाबाट कालिका आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस ओख्लेस्थित भीरबाट खस्दा ४ विद्यार्थीसहित एक स्थानीयको मृत्यु भएको हो । दुर्घटनामा परि दुई बालिकासहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कक्षा १० मा अध्ययनरत विद्यार्थी बोकेर आउँदै गरेको ग २ ख १४१७ को बस ओख्ले नजिक दुर्घटनामा परेको थियो ।मृत्यु हुनेमा १५ वर्षीया ममता तिवारी, करिब १४ वर्षीय अशिम कँडेल, १५ वर्षीय सुवेच्छा… पुरा पढौ

माउन्ट अन्नपूर्णमा नेपाली र अंग्रेजी वक्तृत्वकला प्रतियोगिता

पोखरा ३, नदीपुर भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरूबीच नेपाली तथा अंग्रेजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। अंग्रेजी वक्तृत्वकला प्रतियोगितामा कक्षा १२ ‘ए’ व्यवस्थापनकी जेनिफा गुरुङ प्रथम, कक्षा ११ कम्प्युटर साइन्सकी प्रतिक्षा तामाङ दोस्रो, कक्षा ११ कम्प्युटर साइन्सकी खुसि कुमारी सराफ तेस्रो र कक्षा ११ ‘ए’ की राइसा खातुनले सान्त्वना स्थान हासिल गरिन् । त्यस्तै, नेपाली वक्तृत्वकला प्रतियोगितामा कक्षा ११ कम्प्युटर साइन्सका निशान तिलिजा प्रथम, कक्षा १२ ‘ए’ व्यवस्थापनकी श्रीया परियार दोस्रो, कक्षा… पुरा पढौ

जनप्रिय माविमा अभिभावकसँग निरन्तर अन्र्तक्रियात्मक अभिमुखीकरण

पोखराको सिमलचौरमा रहेको जनप्रिय माविले अभिभावकसंगको अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिएको छ । शैक्षिक सत्र सुरु भएसँगै कक्षागत अभिभावकसंग अन्तरक्रिया गर्दै आएको विद्यालयले दशंै तथा तिहार बिदामा गर्नु पर्ने गृहकार्य तथा सुधार बारेमा छलफल भएको थियो । कार्यक्रममा सहभागी अभिभावकहरुले गुगल तथा एआईबाट जस्ताको तस्तै सारेर गृहकार्य बुझाउने, पुरा समय पढ्न नपाउने, पाठ्यभार पुरा नगर्ने, बिदाको जानकारी नहुने, कोर्षको वेवस्ता गर्ने, नयाँ संस्कार तथा सस्कृतिमा ध्यान नदिने, शिक्षक बिदामा रहँदा कक्षा खाली रहने लगायत विभिन्न सुधार गर्नु पर्ने विषयमा धारणा राखेका… पुरा पढौ

तालबाराही माविमा १५ लाखको बालमैत्री फर्निचर सहयोग हस्तान्तरण

पोखरा । पोखरा–६, बैदामस्थित तालबाराही माध्यमिक विद्यालयमा १५ लाख रुपैयाँ बराबरको बालमैत्री फर्निचर हस्तान्तरण गरिएको छ। बालमैत्री फर्निचरले विद्यार्थीलाई सहज, सम्मानजनक र बालमैत्री शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ। सोमबार विद्यालयमा आयोजित बालमैत्री फर्निचर हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गोविन्दराज पहारीले बैदामस्थित तालबाराही माध्यमिक विद्यालय भौतिक तथा शैक्षिक रूपमा पछि परेको उल्लेख गर्दै विद्यालयको विकासका लागि स्थानीयको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो ।बालबालिकाले सहज, सम्मानजनक र बालमैत्री वातावरणमा अध्ययन गर्न सकून् भन्ने… पुरा पढौ

बाढीले पढ्ने किताब कापी नै बगायो, बालबालिकालाई भने पढाइको पीर

पर्वतको जलजला गाउँपालिका–७ फर्से स्थित शिव माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने दिवश केसीको कापी–किताब बाढीले बगायो । कालीगण्डकी उर्लेर उनको घर गोठ बग्दा उनका कापी–किताब, विद्यालय पोसाक र झोला बग्यो । बगेको खाद्यान्न र लत्ताकपडाका लागि त राहत मिलेको छ तर उनले पढ्ने किताबबारे कसैको चासो देखिन्न । यो चिन्ता जति–उनी स्वयं भोग्दैछन् । दस दिनदेखि विस्थापित लस्तीबासी खेतखेतमा प्लाष्टिकको टनेलमा बसेका छन् भने कतिपय आफन्तको घरमा पुगेका छन् । दीर्घकालीन रुपमा खानेबस्ने समस्या भए पनि जिल्ला र प्रदेश… पुरा पढौ

श्रवण कुमार जेष्ठ नागरिक दिवा सेवा केन्द्रको शुभारम्भ, जेष्ठ नागरिकको ज्ञान, सीपलाई सम्मान गर्नुपर्नेमा जोड

शिशिर उजाडपोखरा अन्र्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा, पोखरा-१६, मा श्रवण कुमार जेष्ठ नागरिक दिवा सेवा केन्द्रले सेवा शुभारम्भ गरेको छ । श्रवण कुमार जेष्ठ नागरिक दिवा सेवा केन्द्र व्यवस्थापन समितिले केन्द्रको उद्घाटन भएको १६ महिनापछि बाटुलेचौरस्थित कोलगैरामा सुविधा सम्पन्न भवनबाट जेष्ठ नागरिकका लागि शनिबारदेखि सेवा सुरु गरेको हो । केन्द्रले सोमबारदेखि निरन्तर सेवा दिने जनाएको छ । सेवाको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष एवं उद्योगपति गणेशबहादुर श्रेष्ठले शुभारम्भ गरे । उनले जेष्ठ नागरिक समाजको दर्पण भएको बताउँदै, उनीहरुबाट समाज… पुरा पढौ

पोखरामा पत्रकारका लागि डेटा जर्नालिज्मको एड्भान्स कोर्स सुरु

गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयको आयोजनामा पोखरामा शुक्रबारदेखि डेटा ड्रिभन जर्नालिज्मको एड्भान्स कोर्सको तालिम सुरु भएको छ । सेन्टर फर मिडिया रिसर्च, नेपालको प्राविधिक सहयोगमा सुरु तालिम ६ दिनसम्म संचालन हुनेछ ।प्रेस रजिष्ट्रार बिमला भण्डारीले यसअघि तालिम दिएका प्रशिक्षार्थीहरुबाट थप तालिमको आवश्यकता माग भएकाले सिएमआरको प्राविधिक सहयोगमा प्रेस रजिष्ट्रार कार्यालयले एड्भान्स तालिम ल्याएको जानकारी दिइन् । उनले भनिन्, ‘गण्डकीको पत्रकारितामा यो तालिमले नयाँ हिस्सा थप्नेछ । अन्य प्रदेशका लागि पनि एउटा सिकाइ हुनेछ ।’ यो कोर्स सिक्नेहरुले आगामी दिनमा आफ्ना… पुरा पढौ

कान्तिपुर एकेडेमी र त्रिवेणी पब्लिकबाट बाढीपीडितलाई सहयोग

पोखरा । पोखरा–१४ चाउथेमा अवस्थित कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी र पोखरा–२७ मा अवस्थित त्रिवेणी पब्लिक माविले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा लागि सहयोग गरेका छन्। रसुवा जिल्लामा प्राकृतिक विपद्का कारण प्रभावित बनेका नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीले एन प्याब्सन कास्की मार्फत १ लाख ११ हजार १ सय ११ रुपैया प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने गरी रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य… पुरा पढौ

सिर्जनशीलको अध्यक्षमा डा. श्रीधर न्यौपाने, अनुसन्धानदाता सुवेदी र भद्रा सम्मानित

अनुसन्धानदाता डा. अनिल सुवेदी र प्रा.डा. चन्द्रा भद्रा पोखरामा सम्मानित भएका छन् । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखराले १८औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनका अवसरमा कृषि तथा वनस्पतिका क्षेत्रमा अनुसन्धान र साहित्य सिर्जनामा योगदान पुर्याएका सुवेदी र लैङ्गिक अध्ययन र अनुसन्धानका क्षेत्रमा क्रियाशिल भद्रालाई नगद दशहजार, सम्मानपत्र र दोशल्ला प्रदान गरी सम्मानित गरिएको हो । सुवेदीलाई संस्थाका आजीवन सदस्य तारा पाखेकी बुहारी सन्जु गौतमको संरक्षकत्वमा संस्थामा स्थापित 'अनिल गौतम सिर्जनशील पुरस्कार २०८३' र भद्रालाई संस्थाका सदस्य पुण्यप्रसाद भट्टराईका छोरा बुहारी विजयकुमार… पुरा पढौ

मंसिर दोस्रो साता तनहुँमा गुञ्जदै नेपथ्य

चर्चित सांगीतिक ब्याण्ड नेपथ्य तनहुँमा गुञ्जने भएको छ । मंसिर १२ गते तनहुँको शुक्लागण्डकीमा नेपथ्यको कन्सर्ट हुन लागेको हो ।। लायन्स क्लब अफ शुक्लागण्डकीको आयोजनामा ‘गण्डकीको सुस्केरामा नेपथ्यको धुनः नेपथ्य लाइभ इन शुक्लागण्डकी’ हुदैछ । भानुभक्त बहुमुखी क्याम्पस बेलचौताराको खेलमैदानमा नेपथ्य गुञ्जनेछ । सोमबार पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमबारे जानकारी गराउदै आयोजकले शुक्लागण्डकीको भूमीमा ऐतिहासिक सांगीतिक क्षण बन्ने दाबी गरेको छ । सो अवसरमा प्रचारप्रसारका लागि ‘गण्डकीको सुस्केरामा नेपथ्यको धुनः नेपथ्य लाइभ इन शुक्लागण्डकी’ कार्यक्रमको टिसर्ट सार्वजनिक गरियो । लायन्स… पुरा पढौ