शिक्षा

कास्की आइडल–२ गायन र नृत्यतर्फ २२–२२ जना अर्को चरणका लागि छनोट

‘कास्की आइडल सिजन–२’ को पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । गायन र नृत्यतर्फबाट समान २२–२२ जना गरी ४४ जना प्रतियोगी अर्को चरणका लागि छनोट भएका छन् । गायनतर्फ छनोट हुनेमा प्रमेश गुरुङ, रोशनी विश्वकर्मा, प्रताप रानाभाट, मनसा गुरुङ, राजन सार्की, इभा बास्तोला, सदीक्षा सुनार, इडिभा खातीवडा, सुमन भण्डारी, विवेक बराइली, राजु गुरुङ, ओभिया गुरुङ, बुद्धि तामाङ, रिहाना बास्तोला, अमृत गुरुङ, संस्कार सुबेदी, रमण खान, अञ्जल बी.क. मिलन विश्वकर्मा, आरती नेपाली, दिक्ष्या लामिछाने र डिप्सन दर्जी छन् । त्यस्तै नृत्यतर्फ… पुरा पढौ

फिस्टेल हस्पिटलको २८औँ साधारण सभा सम्पन्न, कर्मचारी तथा चिकित्सकहरु सम्मानित

पोखरा । फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि.को २८औँ साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ। सभामा अस्पतालका संस्थापक, सञ्चालक तथा प्रतिनिधिहरूले अस्पतालको पछिल्लो प्रगति, बिरामीको बढ्दो चाप तथा कर्मचारी र चिकित्सकहरूको योगदानको प्रशंसा गरेका थिए। सभाले विभिन्न प्रतिवेदनहरू समेत अनुमोदन गरेको छ। कर्मचारी तथा चिकित्सक सम्मानित अस्पतालले उत्कृष्ट कार्यसम्पादन, समर्पण, व्यावसायिकता र अनुशासनको कदर गर्दै कर्मचारी तथा चिकित्सकलाई विशेष पुरस्कार तथा सम्मान प्रदान गरेको अध्यक्ष अशोक पालिखेले जानकारी दिनुभयो। उत्कृष्ट कार्यसम्पादन पुरस्कारबाट मेड/पेडियाट्रिक विभागकी इन्चार्ज भूमिका पराजुली, आईसीयू/एनआईसीयू इन्चार्ज… पुरा पढौ

बाल दिवसमा पोखरा १९ मा बिबिध कार्यक्रम सम्पन्न

६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा वडा कार्यालय पोखरा १९ ले बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ । वडा बाल मञ्चको संयोजनमा वडाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बिच कविता बाचन,चित्रकला, हिसाब दौडप्रतियोगितालगायतका कार्यक्रम गरिएको वडा सदस्य विकासकुमार आचार्यले जानकारी दिए ।कक्षा ६ देखि ८ सम्मका विद्यार्थी सहभागी कविता बाचनमा विन्द्येश्वरी माविकी सुनिता विक प्रथम, भारती भवनकी प्रसन्ना आचार्य द्वितीय,महेन्द्र माविकी निमिषा सुनार तृतीय भए । त्यस्तै कक्षा ९ र १० तर्फको प्रतियोगितामा विन्द्येश्वरीकी स्वस्तिका खड्का प्रथम, भारती भवनकी दिपा… पुरा पढौ

सृजनामा नेपाली कविता प्रतियोगिता सम्पन्न

पोखरा–८, सृजनाचोकस्थित सृजना सेकेन्डरी स्कुलमा नेपाली कविता प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको आयोजना तथा युवा रेडक्रस सर्कल, सृजना मा.वि.को व्यवस्थापनमा कक्षा ११ र १२ विज्ञान तथा व्यवस्थापन समूहका विद्यार्थीहरूबीच भएको प्रतियोगितामा कक्षा ११ विज्ञान समूहकी छात्रा प्रतिष्ठा सुवेदीले प्रथम स्थान हासिल गरेकी छन् भने कक्षा ११ व्यवस्थापन समूहकी छात्रा मेनुका पौडेलले द्वितीय स्थान हासिल गर्न सफल भएकी छन् । त्यसैगरी कक्षा १२ व्यवस्थापन समूहकी छात्रा सुस्मिता ढकालले तृतीय स्थान हासिल गरेकी छन् भने कक्षा १२ विज्ञान समूहकी छात्रा सन्ध्या… पुरा पढौ

जनप्रियमा भ्वाईस अफ चिल्ड्रेनको अभिमुखीकरण

पोखराको सिमलचौरस्थित जनप्रिय माध्यमिक विद्यालयमा भ्वाईस अफ चिल्ड्रेन गण्डकी प्रदेशले अभिमुखीकरण दिएको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र प्रतिनिधि शिक्षकलाई १ दिने अभिमुखीकरण दिएको हो । बाल अधिकार, बालसंरक्षण तथा अनलाइन बालयौन दुव्र्यवहार रोकथाम सम्वन्धी अभिमुखीकरण प्रदान गरिएको भ्वाईस अफ चिल्ड्रेन कास्कीकी प्राजेक्ट अफिसर अप्सरा गुरुङले जानकारी दिइन् । सडक बालबालिका तथा विभिन्न हिंसाबाट पीडित बाबुनानीहरुको विशेष सरोकार राख्ने ५० जिल्लामा सेवा विस्तार भएको भ्वाईस अफ चिल्ड्रेनले न्याय पूर्ण समाजको परिकल्पना गर्दै दुव्र्यहार, शोषण, अपहेलना र पिछडिएका… पुरा पढौ

कास्की मोर्डनाइज्डद्वारा बाढीपीडितलाई ४ लाख सहयोग

कास्की मोर्डनाइज्ड एकेडेमीले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्र्थापनका लागि नगद ४ लाख रुपैयाँ सहयोग गरेको छ। विद्यालयका तर्फबाट प्रदान गरिएको उक्त रकम नेसनल प्याब्सन कास्की मार्फत २ लाख, केन्द्रीय समिति मार्फत १ लाख र हिसान कास्की मार्फत १ लाख गरी जम्मा ४ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने गरी रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा कास्की मोर्डनाइज्ड एकेडेमीका संस्थापक प्राचार्य तथा नेसनल प्याब्सन केन्द्रीय समितिका उपाध्यक्ष समेत रहेका राम बहादुर मोचीले नेसनल प्याब्सनका… पुरा पढौ

जापानी संस्थाबाट शीतला माविलाई करिब ३ लाख सहयोग

जापानमा सक्रिय ३ वटा संस्थाले पुतलीबजार नगरपालिका–५ मा रहेको शीतला माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले ती संस्थाले करिब ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । उक्त सहयोग पूर्व विद्यार्थी मञ्चका अध्यक्ष सुभाष शर्माको संयोजनमा, जापानस्थित संस्थाका नेपाल प्रतिनिधि सुभाषबहादुर बोहरा तथा प्रेम रेग्मीको मध्यस्थतामा विद्यालयमा प्राप्त भएको जनाईएको छ ।सो रकमबाट विद्यालयमा विद्यार्थीको सिकाइ वातावरण थप व्यवस्थित र सिर्जनात्मक बनाउन खेलकुद सामग्री, कक्षाकोठा व्यवस्थापनका सामग्री तथा कला एवं चित्रकला… पुरा पढौ

सृजनामा नेपाली समाचार वाचन प्रतियोगिता सम्पन्न

पोखरा– ८, सृजनाचोक स्थित सृजना सेकेण्डरी स्कुलमा नेपाली समाचार वाचन प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको आयोजना तथा युवा रेडक्रस सर्कल, सृजना मा.वि.को व्यवस्थापनमा भएको प्रतियोगितामा कक्षा ६ बाट प्रिन्सी ढकालले प्रथम स्थान हासिल गर्न सफल भइन् भने अक्षता तुलाधर र रिजन काफ्ले संयुक्त रूपमा द्वितीय र रिचा बसेल तृतीय तथा सपन बराल चौँथो भएका छन् । कक्षा ७ तर्फ प्रमाङ्की चालिसे, आर्या घिमिरे, एड्रिना थापा, एञ्जिला पौडेलले क्रमश प्रथम द्वितीय तृतीय र चतुर्थ स्थान हासिल गर्न सफल भए ।… पुरा पढौ

भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति,पुनरुत्थानका लागि चार अर्ब २३ करोड खर्च लाग्ने

भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रुपमा क्षतिग्रस्त हुँदा रु ९३ करोड ७३ लाख बराबरको हानि भएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्याङ्कन ९आरडिएनए० प्रतिवेदनमा विद्यालयका भवन, शैक्षिक सम्पत्ति गरी उक्त परिमाणमा क्षति भएको हो ।प्रतिवेदनअनुसार १८ वटा विद्यालयका ५६ वटा भवन प्रभावित भएका छन् । जसमध्ये १५२ वटा कोठामा आंशिक र १५६ वटामा पूर्ण रुपमा… पुरा पढौ

भोटेकोशी बाढीपीडितलाई केफ मा.विको ३ लाख बढी सहयोग

रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीबाट प्रभावितलाई पोखराको सिम्पानीमा रहेको केफ माध्यमिक विद्यालयले आर्थिक सहयोग गरेको छ । गत भाद्र १० गते आएको बाढीले सर्वस्व गुमाएका पीडित परिवारका लागि विद्यालयले ३ लाख २४ हजार ८७३ रुपैयाँ सहयोग गरेको जनाएको छ । विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालय प्रशासनको संयुक्त पहलमा जुटाइएको सो रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको विद्यालयका सहायक प्रधानाध्यापक भानुभक्त पोखरेलले जानकारी दिए ।विद्यालयले संचालन गरेको संकलन अभियानमा विद्यार्थीहरूले १ लाख ५९ हजार ६८६ रुपैयाँ योगदान गरेका छन्… पुरा पढौ