ट्राफिक प्रहरीले गण्डकी प्रदेशमा नमस्ते अभियान सञ्चालन गरेको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको निर्देशनमा प्रदेशका ११ वटै जिल्लामा नमस्ते अभियान सञ्चालन गरेको हो । ट्राफिकले कास्कीसहित, तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, गोरखा, नवलपुर, मनाङ र मुस्ताङमा अभियान सञ्चालन गर्न लागेको हो ।
ट्राफिक प्रहरी र सर्वसाधारण नागरिक तथा चालकबीचको सम्बन्धलाई सौहार्दपूर्ण बनाउन नमस्ते अभियान सञ्चालन गरेको ट्राफिक कार्यालय गण्डकी प्रदेश कार्यालयले जनाएको छ । ट्राफिक प्रहरी कार्यलय गण्डकी प्रदेश प्रमुख ट्राफिक प्रहरी उपरिक्षक (एसपी) प्रभुप्रसाद ढकालले नागरिक र ट्राफिक प्रहरीबीचको समबन्ध सुधार्नका लागि नमस्ते अभियान कोशेढुंगा सावित हुने बताए । ट्राफिकले जतिसुकै दुःख गरेर काम गरेपनि व्यवहार भने नराम्रो भयो भन्ने धेरै गुनासो छ,उनले भने,‘जसका कारण ट्राफिक प्रहरीको छवि आम नागरिकमा नकारात्मक भयो, त्यहि नकारात्मक छवि सुधार्नपनि हामीले नमस्ते अभियान सञ्चालन गरेका हौं ।’ ‘यो अभियानपछि ट्राफिक प्रहरी कानुन कार्यान्वयन गर्ने कुरामा कत्तिपनि पछाडि नहटोस्, तर ब्यबहारचाहिं राम्रो होस् भन्ने हाम्रो अपेक्षा हो’–उनले भने ।
नमस्ते अभियान अन्तर्गत डियूटीमा खटिएको ट्राफिकले चेकिङ गर्नुपूर्व चालकलाई सौहार्दपूर्ण ढंगले नमस्ते गर्ने एसपी ढकालले जानकारी दिए । शुरुमा ट्राफिक प्रहरीले सवारी रोक्छ र नमस्कार गर्छ,‘उनले भने,‘त्यसपछि सवारी रोक्नुपर्नाको कारण चालकलाई बताईन्छ र ब्लुबुक तथा लाईसेन्स के के चेक गर्नुपर्ने हो चेक गरिन्छ ।’ उनका अनुसार चेकिङ सकेर चालकलाई जाने अनुमति दिएपछिपनि नमस्कार गरेर बिदाई गरिन्छ ।
नमस्ते अभियान पोखरामापनि शुरु भइसकेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । हामीले पोखरामापनि अभियान शुरु गरेका छौं, जिल्ला ट्राफिक कार्यालय प्रमुख सन्तोष रोकाले भने,‘प्रत्येक ट्राफिक प्रहरीले आफूले रोकेका सवारी साधनका चालकलाई नमस्कार गर्छ, जानेबेलापनि फेरि नमस्कार गरेर बिदाई गर्छ ।’ कार्वाहीमा पर्दापनि चालकलाई खुशीसाथ स्वीकार्ने वातावरण निर्माण गर्नु नै यसको उद्धेश्य हो,उनले भने,‘जस्तोसुकै गल्ती गर्ने चालकलाईपनि हाँसीहाँसी नमस्कार गर्दै गल्ती भनिदिएर रियलाइजेसन गराउने अभियान हो यो ।’ उनले यो अभियानपछि ट्राफिक प्रहरीले दुब्र्यबहार ग¥यो भन्ने सँधै लाग्ने गरेको लाञ्छनापनि हट्ने विश्वास गरे । उनले नमस्ते अभियान कसैलाई देखाउन वा हाकिमलाई खुशी पार्नका लागि नभई ट्राफिकले मनै भित्रबाट गर्ने वातावरण निर्माणमा आफू जुटिरहेको उनले बताए । अन्यथा नमस्ते नगर्ने र पुरानै रवैयाबाट नागरिकलाई रिसाएर व्यवहार गर्ने ट्राफिक प्रहरीलाई कार्वाही गर्ने उनले बताए ।
नमस्ते अभियान प्रभावकारी रुपमा लागु भएनभएको ट्राफिक प्रहरी कार्यालय गण्डकी प्रदेशका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक टेकबहादुर कार्की नेतृत्वको टिमले गर्ने जनाइएको छ । जसले छड्के अनुगमन गर्ने र नमस्ते नगर्ने ट्राफिक प्रहरीलाई कार्वाही गर्ने ट्राफिक प्रहरी कार्यालय गण्डकी प्रदेशका प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’…






