कास्कीका विश्वमोहन उत्कृष्ट प्रधानाध्यापक


     एभरेस्ट आवाज    
     मंसिर ५ गते २०८३ मा प्रकाशित




कास्कीको माछापुच्छ्रे गाउँपालिका,घाचोकमा रहेको मेघराज आधारभुत विद्यालयका प्रधानाध्यापक विश्वमोहन पोखरेल उत्कृष्ट प्रधानाध्यापक ठहरिएका छन् ।

प्रधानाध्यापक संघ नेपालले पोखरेललाई देशभरकै उत्कृष्ट आधारभुत विद्यालयको प्रधानाध्यापकको रुपमा गण्डकी प्रदेशबाट छनौट गरी अवार्ड प्रदान गरेको छ । धनुषाको जनकपुरमा आयोजित संघको तेस्रो राष्ट्रिय शिखर सम्मेलन २०८३ मा प्रथम राष्ट्रपति डा. रामवरण यादवले उनलाई सम्मान गरे । त्यस्तै उत्कृष्ट माध्यमिक विद्यालयको रुपमा गण्डकीबाट तनहुँको पञ्चदेवमुनि मा.वि र प्रधानाध्यापकमा म्याग्दीको ज्ञानप्रकाश माविका शान्त नेपाली सम्मानित भए । गाउँपालिका तथा नगरपालिका तर्फ सम्मानित हुनेमा स्याङ्जाको फेदीखोला गाउँपालिका र गैंडाकोट नगरपालिका रहेको छ ।

कार्यक्रममा सातै प्रदेशबाट उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा उत्कृष्ट सामुदायिक आधारभूत विद्यालयका प्रधानाध्यापकलाई सम्मान गरिएको थियो ।संघले आधारभूत तथा माध्यमिक तहका १४ विद्यालय, १५ पालिका, १४ प्रधानाध्यापकलाई सम्मान गरेको हो ।

संघका अध्यक्ष सुदाम गौतमका अनुसार संघमा २२ हजार विद्यालय जोडिएका छन् । संघको ७७ जिल्लामा कार्यसमिति विस्तार भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।