![]( https://everestawaj.com/wp-content/themes/everestawaj/images/singlenofeature.jpg)
पोखराको विशालबजारबाट व्यावसायिक यात्रा सुरु थालेको काठमाडौं फ्रेस बेकरीले प्रिमियम प्रोडक्ट बजारमा ल्याएको छ ।
२३ वर्षदेखि निरन्तर बेकरीकै उत्पादन र बजार व्यव्स्थापनमा लागेको कम्पनीले पोखराको महेन्द्रपुल, लेकसाइड, भरतपुर र चितवनको सौराहा चोकमा शाखा विस्तार गरेको सञ्चालक रोशन मर्हजनले बताए ।
ग्राहकको माग र चाहना अनुसार बेकरीका प्रिमियम आइटम महेन्द्रपुलबाट नै उत्पादन गरिने उनले जानकारी दिए ।
बेकरीका पारखीहरुलाई अत्याधुनिक प्रविधिबाट उत्पादित स्वादिलो र स्वच्छ उत्पादन उपलब्ध गराउन कम्पनि सदा प्रतिबद्ध रहेका उनले जनाएका छन् । महर्जनले भने, ‘हाम्रो उत्पादनलाईगुणस्तर तथा नया प्रविधिको माध्यमबाट नयाँ स्वादसहित बेकरीको पारखीमाँझ प्रिमियम प्रोडक्ट बजारमा ल्याउँदै छौं । महेन्द्रपुलमा सञ्चालित हुने बेकरीको आउटलेटका लागि करिब १ करोड रुपैयाँ लगानी भएको छ । उक्त आउटलेट बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म खुला हुनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।