लेकसाइडबाट दुई महिलासहित ३१ जना पक्राउ


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०८३ मा प्रकाशित




कास्की प्रहरीले पोखराको लेकसाइड क्षेत्रबाट २ महिलासहित ३१ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले चाडपर्वलाई लक्षित गरी संचालन गरेको अपरेशन सभ्यता अभियानका क्रममा पर्यटकीय क्षेत्र लेकसाइडमा अनैतिक तथा अवाञ्छित गतिविधि गर्ने ३१ जनालाई नियन्त्रणमा लिएको हो । गएराती देखि शनिबार विहानसम्म गरिएको अपरेशनका क्रममा मादक पदार्थ ।सेवन गरी सवारी साधन चलाउने, झण्डीबुर्जा खेलाउने, प्रहरीसँग विवाद गर्ने, हो हल्ला गरी शान्ति भंग गर्ने कार्यमा संलग्नलाई पक्राउ गरी, अनुसन्धान तथा कारवाही प्रकृयाअगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा यात्रुलाई हैरानी दिने ३ जना, मोवाईल चोरी गरी फरार भएको १ जना, झण्डीबुर्जा खेलाउने १ जना, मा.प.से गरी होहल्ला गर्दै सवारी साधन चलाउने २५ जना र अनैतिक गतिविधिमा संलग्न १ जना रहेका छन् ।चेकजाँचका क्रममा ५८ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिईएको प्रहरी जनाएको छ । ति सवारी साधनलाई वडा प्रहरी कार्यालय बैदाममा राखी थप अनुसन्धान तथा कारवाही प्रकृया अगाडि बढाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बैदामबाट संयुक्त रुपमा अभियान संचालन गरिएको हो । पर्यटकीय राजधानी पोखरामा हने अवाञ्छित गतिविधि नियन्त्रण गर्न अभियान संचालन गरिएको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।