गण्डकी प्रदेशमा सोमबार एकैदिन करीब डेढ सय जना कोरोना संक्रमित भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय तथा कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम गण्डकी प्रदेशले गण्डकी प्रदेशमा सोमबार एकैदिन १४७ जना संक्रमण पुष्टी भएको जनाएको हो । निर्देशनालयले विहान जारी गरेको बुलेटिनमा ५६ जना, दिउँसो जारी गरेको बुलेटिनमा ७१ जना र साँझ जारी गरेको बुलिटनमा २० जनालाई कोभिड–१९ संक्रमण पुष्टी भएको उल्लेख गरेको छ ।
निर्देशनालयले दिउँसो जारी गरेको बुलेटिनका अनुसार चरक मेमोरियल अस्पतालमा रहेका ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्यस्तै, पोखरा २ का १ जना पुरुष, पोखरा ४ का २ जना पुरुष, पोखरा ५ का ६ महिला र १ पुरुष गरि ७ जना, पोखरा ६ का २ जना महिला र १ पुरुष गरि ३ जना, पोखरा ७ का ९ पुरुषलाई कोरोना संक्रमण पुष्टी भएको ोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम गण्डकी प्रदेशका प्रवक्ता विनोदविन्दु शर्माले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
यसैगरी पोखरा ८ का २ महिला र २ पुरुष, पोखरा ९ मा १८ जना पुरुष र ३ महिला गरि २१ जना, पोखरा १० का ५ पुरुष र १ महिलासहित ६ जना, पोखरा १४ का १ जना पुरुषलाई संक्रमण पुष्टी भएको शर्माले जनाएका छन् ।
त्यस्तै, पोखरा १७ का ३ पुरुष र २ महिलासहित ५ जना, पोखरा १९ का १ पुरुष, पोखरा २० का १ जना पुरुष र १ महिला, पोखरा २९ का २ पुरुष, पोखरा ३० का १ पुरुष, पोखरा ३३ का १ पुरुषलाई संक्रमण पुष्टी भएको जनाइएको छ ।
त्यस्तै, साँझ जारी गरेको बुलेटिनका अनुसार तनहुँमा १८ जनालाई संक्रमण पुष्टी भएको छ । तनहुँको ब्यास नगरपालिका १० का १ पुरुष, ब्यास ३ का ३ पुरुष र १ महिला, ब्यास ११ का २ पुरुष र १ महिला, ब्यास ४ का १ पुरुष र २ महिला, वडा नखुलेका २ पुरुष र १ महिला, ब्यास ३ का २ महिला र १ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । यसैगरी भिमाद नगरपालिका ५ का १ पुरुष तथा सुन्दरबजारको वडा नखुलेका २ पुरुषमापनि संक्रमण पुष्टी भएको निर्देशनालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।