आफ्नै काकालाई हत्या गरेको आरोप लागेका ईन्द्रबहादुर तामाङ पक्राउ परेका छन् । काका टंकबहादुर तामाङको हत्या गरि फरार भएको भनिएका मृतकका भतिज ईन्द्रबहादुरलाई प्रहरीले पक्राउ गरेको हो । उनलार्य लमजुङको सोती पसल स्थित १ घरबाट पक्राउ गरि पोखरा ल्याइएको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ परेका ईन्द्रबहादुरले काकाको हत्या गरेको स्वीकार गरिसकेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए ।
ओखल्ढुंगा जिल्लाको सुनकोशी गाउपालिका वडा नं.५ बान्द्रे स्थायी घर भई पोखरा महानगरपालिका वडा नम्बरस्थित मजुवा–बिसौना–बिजयपुर–कोट पर्यटकीय पैदल मार्ग निर्माणको काममा ज्याला मजदुरी गर्दै आएका टंकबहादुरलाई उनकै भतिज ईन्द्रबहादुरले गत बैशाख २१ गते हत्या गरि फरार भएको अभियोग लागेको थियो । मृतक काका टंकबहादुर, हत्याको अभियोग लागेका भतिज ईन्द्रबहादुर तामाङ र पथबहादुर तामाङ सँगै बस्ने गरेका थिए । ज्याला मदजुरी गरेर खाने उनीहरु प्रायः बेलुका बेलुका मादक पदार्थ सेवन गर्ने गर्दथे । त्यसरी मादक पदार्थ सेवन गरेपछि काका भतिजबीच बेला बेला झगडा हुने गरेको र हत्या भएको दिनपनि पहिलेका दिनहरुमा झैं झगडा शुरु भएपछि पथबहादुर भने नजिकैको छिमेकीको घरमा सुत्न गएका थिए ।
तर विहान फर्किदा काका टंकबहादुर मृत अवस्थामा भेटिए । भतिज ईन्द्रबहादुर भने नभेटिएपछि पथबहादुरले प्रहरीमा खबर गरे । अनुसन्धानका क्रममा शंकाको सुई भतिज ईन्द्रबहादुरतिरै ढल्किएपछि प्रहरीले उनको खोजी जारी राखेको थियो । प्रहरीले ईन्द्रबहादुर लमजुङको सोतिपसल वरपर लुकीछिपी बस्ने गरेको सूचना पाएपछि गएको विशेष टोलीले पक्राउ गरि पोखरा ल्याएर अनुसन्धान गरेको डिएसपी हमालले जानकारी दिए ।
तामाङबिरुद्ध कर्तव्य ज्यान सम्बन्धि मुद्धा चलाईने कास्की प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।