गण्डकी प्रदेश अर्थ तथा विकास समिति सभापति कोइरालालाई कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     कार्तिक ४ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेश अर्थ तथा विकास समिति सभापति दीपक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार प्राप्त पीसीआर रिपोर्टमा कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको हो । होम आइसोलेसनमा बस्दै आएका कोइराला सभापति कोइराला कोेरोना संक्रमण पुष्टिपछि होटलको आइसोलेसनमा जाने तयारीमा रहेको श्रोतले बताएको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या ५ हजा ९ सय ७६

साथै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजा ९ सय ७६ पुगेको छ । स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान साढै नै बजेको अद्यावधि गरेको गण्डकी प्रदेशमा मंगलबार थप १६ जना कोरोना संक्रमित थपिएका छन् । निर्देशनालयका अनुसार कास्कीमा २, तनहुँमा ३ र लमजुङमा ११ जना नयाँ संक्रमित थपिएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।