फेवातालको चार किल्ला छुट्याउने जिम्मा कास्कीका नेकपा नेता पूण्यप्रसाद पौडेलले पाएका छन् । गण्डकी प्रदेश सरकारले पौडेललाई फेवातालको चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्सांकन समितिको संयोजक बनाएको हो । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ घर भएका पौडेल जिल्ला विकास समिति कास्कीका पूर्व सभापति हुन् भने सत्तारुढ नेकपा गण्डकी प्रदेश समितिका कार्यालय सदस्य हुन् । पौडेललाई पछिल्लो मन्त्री परिषद बैठकले
समितिका अन्य सदस्यहरुमा पोखरा महानगरपालिकाका प्रतिनिधि, डिभिजन वन कार्यालय पोखराका प्रमुख, राष्ट्यि ताल संरक्षण समितिका सदस्य, नापी विभागका उपसचिव तथा नापी कार्यालय कास्कीका प्रमुख सदस्य सचिव रहेको समिति बनाएको सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।
नेपालकै प्रमुख पर्यटकीय नगर पोखराको मुटु मानिने फेवातालको क्षेत्रफल छुट्याउने काम संघ, त्यसको सीमांकनसहित अतिक्रमित क्षेत्रको संरक्षण गर्ने काम प्रदेश र तालको सौन्दर्यकरण गर्ने काम महानगरपालिकालाई गर्न साढे २ वर्ष अघि नै आदेश दिएको थियो । आदेश कार्यान्वयन नभएपछि सर्बोच्चमा २ पटक अदालतको अवहेलनासम्बन्धी मुद्धासमेत परेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तनहुँबाट मुग्लिङ हुँदै काठमाडौँ तथा भरतपुर जाने सडकखण्डमा पहिरोका कारण यातायात प्रभावित…






