
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६१०५ पुगेको छ | भरतपुर अस्पताल, चितवन र चितवन मेडिकल कलेज, चितवन गरिएकोपरिक्षणमा गण्डकी प्रदेशमा १८ जना संक्रमितहर थपिएका हुन्। सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेकोस्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
नवलपरासी (ब.सु.पू) जिल्ला, गैंडाकोट-७ का ५० बर्षीय पुरुषको हिजो बिहान ९:५६ बजे चितवन मेडिकल कलेज, चितवनको कोभिडआई.सि.यु.मा उपचारको क्रममा निधन भएको जानकारी स्वास्थ्य कार्यालय, नवलपरासी (ब.सु.पू) का प्रमुखले जानकारी दिनुभएको छ |
यसैगरी म्याग्दी जिल्ला, धौलागिरी-७ का ८५ बर्षीय पुरुषको मंगलबार रातको ८:२५ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराकोकोभिड आई.सि.यु.मा उपचारको क्रममा दुखद निधन भएको जानकारी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराबाट प्राप्त प्रतिबेदनमाउल्लेख गरिएको छ| यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिनु भएको छ|
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।