गण्डकी प्रदेशमा दुई संक्रमितको मृत्यु


     एभरेस्ट आवाज    
     कार्तिक ५ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेशमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार नवलपरासीको गैँडाकोट नगरपालिका–७ का ५० वर्षीय पुरुषको हिँजो (मंगलबार) विहान चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

त्यसैगरी म्याग्दीको धौलागिरी गाउँपालिका–७ का ८५ वर्षीय पुरुषको हिँजो (मंगलबार) राति पश्चिमाकञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको जनाइएको छ। यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ।

त्यसैगरी आज (बुधबार) विहानै गण्डकीमा १८ संक्रमित थपिएका छन्। नवलपरासीमा १५, गोर्खामा एक र तनहुुँमा दुई संक्रमित थपिएका हुन्। प्रदेशमा संक्रमति छ हजार १०९ पुगेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।