सुनचाँदीको भाउ बढ्यो


     एभरेस्ट आवाज    
     कार्तिक ५ गते २०७७ मा प्रकाशित





आज (बुधबार) सुनचाँदीको भाउ बढेको छ।

सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबारदेखि तीन दिन स्थिर रहँदै आएको सुन तोलाको ९४ हजार ७ सय रुपैयाँ थियो।
यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ बढेको छ।

चाँदी आज तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।