प्रहरीले गर्यो खोंचमा खसेकाको उद्धार


     एभरेस्ट आवाज    
     कार्तिक ५ गते २०७७ मा प्रकाशित




पोखरामा बुधबार विहान खोंचमा खसेकाको प्रहरीले उद्धार गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १ गाईघाटस्थित सेती नदी किनार (खोंचमा) खसेकाको प्रहरीले उद्धार गरेको हो ।

विहान ७ः५० बजेदेखि सेती खोंचमा खसेका पोखरा महानगरपालिका वडा नम्बर २ निवासी ३४ वर्षिय सम्राट राणालाई प्रहरीले जिवितै उद्धार गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक सुवास हमालले जानकारी दिए ।

उद्धार गरिएका राणालाई सामान्य चोटपटकबाहेक अन्य केहि नभएको र अवस्था सामान्य रहेको डिएसपी हमालले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।