कास्कीका ५ सहित १३ जनामा कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     कार्तिक ६ गते २०७७ मा प्रकाशित




कार्तिक ६ पोखरा । गण्डकी प्रदेशमा कास्की ,म्याग्दी र बाग्लुङका १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनिहरुमा कोरोना संक्रमण देखा परेको स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको हो ।
निर्देशनालयका अनुसार थपिने मध्य कास्की र म्याग्दीका ५ जना र बाग्लुङका ३ जना छन् ।
कास्कीमा संक्रमण पुष्टि भएका सबै पोखरा महानगरपालिकाका रहेका छन् । उनीहरुमध्य एक जना मणिपाल शिक्षण अस्पतालका चिकित्सक हुन् भने अन्य ५ जना ग्रिन पास्चर अस्पाताल चिकित्सक, स्टाफ नर्स र विरामी रहेको जनाइएको छ । उनिहरुमध्य १ जना चिकित्सक २ जना स्टाफ नर्स र २ जना उपचाररत विरामी हुन ।
यस्तै म्याग्दीको मंगला गाउँपालिकाका ३ जना कर्मचारी र जिल्ला अस्पताल बेनीमा कार्यरत २ जना स्टाफ नर्स हुन् । भने बग्लुङको बाग्लुङ नगरपालिकाका २ जनाको कन्ट्याक्ट ट्रेसिङका क्रममा पुष्टि भएको निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६२६७ पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।