फिलिपिन्समा आएको ‘गोनी’ आँधीबाट कम्तिमा पनि १६ जनाको मृत्यु


     एभरेस्ट आवाज    
     कार्तिक १८ गते २०७७ मा प्रकाशित





फिलिपिन्समा आएको ‘गोनी’ नामको आँधीका कारण त्यहाँ कम्तीमा पनि १६ जनाको मृत्यु भएको समाचार छ ।

त्यहाँ थप अरु केही व्यक्ति सो आँधीका कारण बेपत्ता भएका छन्।

यसको साथै दक्षिणी फिलिपिन्सको ‘आइपुइ लुजन’को मुख्य टापुमा शक्तिशाली आँधी आएको छ।
सो आँधीका कारण अल्बे प्रान्तका मात्र १० जनाको ज्यान गएको समाचार छ। त्यहाँको क्यान्डुआनेस टापुमा थप अरु केही मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। त्यहाँको दक्षिणी क्षेत्र बढी प्रभावित भएको बताइएको छ।

त्यस क्षेत्रका मात्र करिब ४ लाख सर्वसाधारण विस्थापित भएका फिलिपिन्सको विपद् व्यवस्थापन विभागका कर्मचारीले जनाएका छन्। त्यस आँधीबाट बिस्थापितहरु अधिकांश सरकारी आवासहरुमा बस्दै आएको अधिकारीहरुले जनाएका छन्।

‘गोनी’आँधी करिब २ सय २५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको बताइएको छ। त्यसले त्यहाँका विभिन्न भौतिक संरचनाहरुमा क्षति पु¥याएको सरकारी अधिकारीहरुले जनाएका छन्। आँधीका कारण पहाडी क्षेत्रमा पहिरोसमेत गएको छ। आँधीका कारण विभिन्न राजमार्ग अवरुद्ध भएका समाचार छ।

‘गोनी’ यस वर्ष फिलिपिन्समा आएको १८ औं आँधी रहेको मौसम विभागले जनाएको छ। केही दिनमात्र पनि त्यहाँ आएको ‘मोलाभ’ आँधीमा परेर २० जना भन्दा बढीको मृत्यु भएको थियो।

एजेन्सीहरु


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।