प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस आउटलेट सञ्चालनमा ल्याएको छ ।
ऋषि ट्रेड सेन्टरको आधिकारिक वितरणमा रहेको सीएफमोटोको नयाँ आउटलेट हिमालय अटो नेक्सस प्रालिले शनिबारदेखि सञ्चालनमा ल्याएको हो । बुद्धचोकमा रहेको सोरूम र शिवचोकमा रहेको सर्भिस सेन्टरको उद्घाटन पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले गरिन् । उद्घाटनका क्रममा कम्पनीले आठ थान मोटरसाइकल ग्राहकलाई हस्तान्तरण गरेको जनाएको छ । आरटीसीका महाप्रबन्धक उज्ज्वल जोशीका अनुसार उद्घाटनको अवसरमा सीएफमोटोका मोटरसाइकल खरिद गर्ने ग्राहकलाई २० हजार रुपैयाँसम्म नगद छुटका साथै निःशुल्क हेल्मेट र ह्यान्डगार्ड उपलब्ध गराइएको छ ।
नयाँ आउटलेटबाट सीएफमोटोका मोटरसाइकल बिक्रीसँगै नियमित सर्भिसिङ, प्राविधिक जाँच, जेन्युइन स्पेयर पार्ट्स, टेस्ट राइड तथा बिक्रीपछिको सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ । पोखरा हुँदै हिमाली तथा उच्च पहाडी क्षेत्रमा मोटरसाइकल यात्रा गर्ने ग्राहकलाई बिक्रीपछिको सेवा र प्राविधिक सहयोग सहज बनाउने उद्देश्यले ३ एस आउटलेट सञ्चालनमा ल्याइएको हो । आरटीसीका सेल्स हेड विभव कार्कीका अनुसार पोखरा प्रिमियम तथा एड्भेन्चर मोटरसाइकलका लागि विस्तार हुँदै गएको बजार हो ।सीएफमोटोका नेपालमा २५० ड्युअल ईएफआई, ४५० एमटी, ४५० सीएल–सी, ४५० सीएल–सी बोबर र ४५० एसआर–एसलगायत मोडल बिक्री हुँदै आएका छन् । कम्पनीले विशेषगरी एड्भेन्चर तथा प्रिमियम मोटरसाइकल सेग्मेन्टमा आफ्नो बजार विस्तार गरिरहेको जनाएको छ ।
हिमालय अटो नेक्सस प्रालिका सञ्चालक महेश श्रेष्ठले पोखरा तथा गण्डकी प्रदेशका ग्राहकलाई बिक्रीसँगै सेवा र प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्य रहेको बताए । उक्त सोरूमबाटै निकट भविष्यमै जिहो ब्रान्डको इलेक्ट्रिक स्कुटरको पनि बिक्री सुरू गर्ने उनले जानकारी दिए । कम्पनीले आगामी दिनमा देशका प्रमुख सहरमा बिक्री, सर्भिस र स्पेयर पार्ट्सको नेटवर्क विस्तार गर्ने जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस आउटलेट…







