मनाङको हिम्लुङ हिमालमा हिम पहिरो,१२ जना सम्पर्कविहीन भएको आशंका


     एभरेस्ट आवाज    
     असाेज ११ गते २०८३ मा प्रकाशित




मनाङको नार्पाभुमी गाउँपालिका ५ स्थित हिम्लुङ हिमालमा हिउँ पहिरो गएको छ ।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार, आइतबार बिहान हिमपहिरो गएको हो । हिमाल आरोहणमा गएका १० जना पर्वतारोही र १४ जना सहयोगी स्टाफ मध्ये १२ जना वेपत्ता भएको अशंका गरिएको छ। आरोहणमा गएका मध्ये केही सम्पर्कविहीन भएको खबर प्राप्त भएको मनाङ प्रहरीले जनाएको छ।उद्दारको टोलि लिएर काठमाडौंबाट हेलिकोप्टर मनाङ गएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ। अभियान आयोजकहरूका अनुसार, हिमपहिरोले बेस क्याम्पका टेन्टहरू बगाएपछि आरोही तथा सहयोगी कर्मचारीसँग सम्पर्क हुन सकेको छैन।

एक्सिपिडिसन अपरेर्टस एसोसियसन नेपालका अनुसार, अन्य कम्पनीका अधिकांश सदस्य तथा कर्मचारीहरू यसअघि नै मौसमसम्बन्धी चेतावनीपछि सुरक्षित रूपमा तल्लो क्षेत्रमा झरिसकेका थिए।उनीहरू अल्पाइन ट्रेक एण्ड ट्राभल्सबाट गएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।