‘कास्की आइडल सिजन–२’ को दोस्रो एलिमिनेसन राउन्डबाट ३० जना अर्को चरणमा प्रवेश गरेका छन् ।
नयाँ प्रतिभाको खोजी, पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन भइरहेको कास्की आइडलमा शनिबार सम्पन्न राउन्डबाट गायनतर्फ १५ जना र नृत्यतर्फ १५ जना गरी ३० जना प्रतियोगी अर्को चरणका लागि छनोट भएका हुन् ।गायनतर्फ मिलन विश्वकर्मा, प्रमेश गुरुङ, प्रताप रानाभाट, राजन सार्की, इडिभा खत्रीवडा, ओभिया गुरुङ, रहमान खान, बुद्धि तामाङ, सुमन भण्डारी, राज गुरुङ, अमृत गुरुङ, रोशनी विश्वकर्मा, मन्सा गुरुङ, एन्जल बी.क. र दिप्सन दर्जी छनौट भए । त्यस्तै नृत्यतर्फ विनायक कुमाल, सबिना तामाङ, विपसा सुनार, तृप्ति गुरुङ, सिम्रन थापा, पविना पुन मगर, नोरा गुरुङ, जेनिसा परियार, गौमाया गुरुङ, जमुना गुरुङ, सहारा रानाभाट, स्मृति सुवेदी, प्रशंसा सापकोटा, सुमिना कुमाल र अञ्जना रम्तेल छनौट भएको संयोजक आदर्श पोखरेलले जानकारी दिए । दोस्रो एलिमिनेसन राउन्डमा प्रतियोगीहरूले गायन तथा नृत्य विधामा आफ्नो प्रस्तुति दिएका थिए । निर्णायकका रूपमा गायनतर्फ करण तामाङ र खेम लामा तथा नृत्यतर्फ उपेन्द्र गुरुङ र सुजित गुरुङ रहेका थिए ।
कास्की आइडल–२ का संयोजक पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखनाथ निर्माण व्यवसायी सङ्घका अध्यक्ष भीम नेपाली प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको सञ्चालन सुस्मिता बास्तोला र साँझ क्रिएसन्सका अध्यक्ष झलककुमार गुरुङले गरेका थिए । अब प्रतियोगिताको तेस्रो एलिमिनेसन राउन्ड असोज १७ गते हुनेछ । त्यसपछि उत्कृष्ट प्रतियोगीहरू अन्तिम प्रतिस्पर्धातर्फ अघि बढ्नेछन् । प्रतियोगिताको ग्रान्ड फिनाले कार्तिक १४ गते सभागृह हलमा आयोजना हुने आयोजकले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले परिवारको जिम्मा लगाएको छ । पक्राउ…







