लायन्स क्लब अफ पोखरा चौतारीले गोरखाको पालुङटार नगरपालिका–७ स्थित मस्र्याङ्दी आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा स्टेशनरी सामग्री वितरण गर्नुका साथै छात्रवृत्ति प्रदान गरेको छ ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उनीहरूको अध्ययनमा आवश्यक पर्ने विभिन्न स्टेशनरी सामग्री हस्तान्तरण सहित आर्थिक अवस्था कमजोर भएका तथा अध्ययनमा जेहेन्दार चार जना विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गरिएको हो । डिस्ट्रिक्ट ३२५ बिका गभर्नर लायन प्रजापति बास्तोला बास्तोलाले लायन्स क्लबले सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । विद्यार्थीको शैक्षिक यात्रामा सहयोग पु¥याउने उद्देश्यले गरिएको सहयोगले बालबालिकालाई अध्ययनप्रति थप उत्साहित बनाउन सहयोग पुग्ने उनकोभनाई थियो ।
कार्यक्रममा क्लबका अध्यक्ष गोविन्द ढकालले क्लबले प्रत्येक वर्ष शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । आगामी दिनमा पनि आवश्यकताका आधारमा शिक्षा तथा सामाजिक सेवासँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए।
क्लबका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक तेजबहादुर भट्टराईले यस कार्यले विद्यार्थी र अभिभावक उत्साहित भएको बताए । उक्त कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्य, स्थानीय समाजसेवी, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लब अफ पोखरा चौतारीले गोरखाको पालुङटार नगरपालिका–७ स्थित मस्र्याङ्दी आधारभूत विद्यालयका…







