कार्तिक १९ पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २६४ जनामा कारोना संक्रमणको पुष्टि भएको छ ।
८०२ जनामा गरिएको नमुना परिक्षणमा प्रदेशका १७५ जना पुरुष र ८९ जनामा कोरोना संक्रमण पाइएको स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ ।
आज थपिने मध्य सबैभन्दा बढी कास्कीका १७९ जना छन् । जिल्लाका ४११ जनामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पाइएको हो । यस्तै स्याङ्जाका ४२ जनामा परिक्षण गर्दा २२ जना, तनहुँका ४६ मा १९ जना, नवलपुरका ६० मा १८ जना, म्याग्दीका ८९ मा १३ जनामा संक्रमण पाइएको हो ।
यस्तै लमजुङका ४६ मा ८ जना, गोरखाका ९८ मा ३, पर्वतका ६ मा २ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार २६४ पुगेको छ ।
यस्तै सोही अवधीमा प्रदेशका विभिन्न जिल्लाबाट १३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ हजार ६५७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट ९५ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


जिल्ला समन्वय समिति कास्कीमा जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाहरूको बार्षिक समिक्षा कार्यक्रम सुरु…






