सांकेतिक तस्विर
कार्तिक १९ कावासोती । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ ।
करिडोर अन्र्तगतको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका सडकखण्डमा काम गरिरहेका मजदुरहरुको माथिबाट खसेको पहिरोमा पुरिएर मृत्यु आज साँझ मृत्यु भएको हो ।
ग्याविनमा ढुंगा भरिरहेको अवस्थामा अचानक पहिरो खस्दा उनिहरु पुरिएको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएर बुलिङटार –४ का २० वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लुङ्गेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले दिए ।
सोही पहिरामा परी दुई जना घाइते भएका छन । एक्काइस वर्षीय कृष्ण लुङ्गेली र १९ वर्षीय केवल सिंह लुङ्गेली मगर घाइते भएका हुन । उनीहरु पहिरोमा परेपछि अन्य कामदारले उद्धार गरेका थिए । उद्धार गरिएका दुवै जनाको भरतपुरमा उपचार भइरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।