तनहुँका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको व्यास नगरपालिकाका १४ जना, भानु नगरपालिकामा २ जना, घिरिङ गाउँपालिकामा १ जना र पालिका र वडा नखुलेको २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।
व्यास–१ का ४० वर्षीय पुरुष र ४० वर्षीया महिला, व्यास–२ की ४१, १५, ३८ वर्षीया महिला र ४६,२४, २०, २७, ६३ वर्षीय पुरुष, व्यास–३ की ३६ वर्षिया महिला, व्यास–९ की ६५ वर्षीया महिला र ४६ वर्षीय पुरुष, व्यास–११ का २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
भानु–३ का ६५ वर्षीय पुरुष र भानु–९ का ३७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ। घिरिङ–६ की ५८ वर्षिया महिलामा समेत कोरोना संक्रमण भएको छ ।
तनहुँको पालिका र वडा नखुलेको ५० वर्षिया महिला र ६० वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


जिल्ला समन्वय समिति कास्कीमा जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाहरूको बार्षिक समिक्षा कार्यक्रम सुरु…






