अमेरिकी राष्ट्रपति निर्वाचनमा प्रतिद्वन्द्वी जो बाइडेनले अग्रता लिदाँ राष्ट्रपति डोनाल्ड ट्रम्प भने अदालत पुगेको अमेरिकी संचार मध्यमहरुले जनाएका छन्।
संचार माध्यमहरुका अनुसार ट्रम्पले मत गणनामा धाँधली भएको भन्दै कानूनी दाउपेचमा लागेका छन्।
ट्रम्प क्याम्पेनका अधिकारीहरुले मिचिगन राज्यका कतिपय स्थानको मत गणना प्रक्रियामा आफूहरुलाई समावेश नगराएको भन्दै अदालत गएका हुन्।
साथै, राष्ट्रपति ट्रम्पले पोस्टल ब्यालेट (हुलाकमार्फतको मतदान) मा धाँधली भएको भन्दै ती मत गणना हुन नहुने बताउँदै आएका छन्।
कोरोना महामारीका कारण डेमोक्रेटहरुले आफ्ना समर्थकलाई बढी भन्दा बढी पोस्टल ब्यालेटमार्फत मतदान गर्ने अभियान नै चलाएकाले पोस्टल ब्यालेटमा डेमोक्रेटहरुको मत धेरै रहेको बताइँदै आएको छ।
अमेरिकामा कुल ५ सय ३८ वटा इलेक्ट्रोरल कलेज मतमध्ये जुन उम्मेदवारले २ सय ७० भन्दा बढी मत प्राप्त गर्दछ उही बिजयी बन्दछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री बालेन शाहसँग भेटे लगत्तै गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्…






