रेडियोको वार्षिकोत्सवमा मानव सेवाघरलाई सहयोग


     एभरेस्ट आवाज    
     कार्तिक २० गते २०७७ मा प्रकाशित




रेडियो एबिसीले आफ्नो वार्षिकोत्सवका अवसरमा धुलिखेलस्थित मानवकल्याण समाज सेवाघरलाई सहयोग गरेको छ । रेडियो एबिसी एफएम ८९।८ मेगाहर्जको १४औँ वार्षिकोत्सवका अवसरमा सेवाघरलाई खाद्य सामग्री हस्तान्तरण गरिएको हो ।

सेवाघरलाई खाद्य सामग्रीसँगै प्रेसरकुकर, पानी तताउने इलेक्ट्रिक जगसमेत वितरण गरिएको रेडियोका स्टेशन म्यानेजर रमेश न्यौपानेले बताए । संस्थाका अध्यक्ष सुमित्रा चौलागाईँले अपाङ्गता भएका, असहाय, मनोरोगी र ज्येष्ठ नागरिकको सेवा गर्न पाउँदा मनभित्रैबाट आनन्द भएको बताए । सेवाघरले भक्तपुर र काभ्रेपलाञ्चोकमा गरी २०० जनाको उद्धार गरी ७५ जनालाई परिवारमा बुझाएको र २१ जनाको मृत्यु भएको जनाइएको छ । हाल सेवाघर धुलिखेलमा ज्येष्ठ नागरिकसहित १४ जना छन् ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।