आइस्पानका अध्यक्षमा पराजुली


     एभरेस्ट आवाज    
     कार्तिक २० गते २०७७ मा प्रकाशित




इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल आइस्पान का अध्यक्षमा सुधिर पराजुली निर्विरोध चयन भएका छन् । इन्टरनेट सेवा प्रदायकको छाता सङ्गठनका रुपमा रहेको सङ्घको आगामी दुईवर्षे कार्यकालका लागि सबै पदाधिकारी निर्विरोध विर्चाचित भएका हुन् । सङ्घका उपाध्यक्षमा क्लासिक टेकका प्रमेश खरेल, महासचिवमा एरो नेटका नवीन श्रेष्ठ, सचिवमा टेकमाइन्ड्सका कमल बाँस्तोला र कोषाध्यक्षमा इस्ट लिंकका पुष्कर बडाल चयन भएका छन् ।

यसैगरी सङ्घका वरिष्ठ सल्लाहकारमा वल्र्डलिंकका विजय जलान, भायनेटका विनय बोहरा , सुविसुका विनयमोहन साउद तथा सदस्यमा ब्रोडलिंकका विनोद तिमिल्सेना र वेबसर्फरका सुरेन क्षेत्री चयन हुनुभएको सङ्घले जनाएको छ । बुधबार भर्जुअल बैठक गरी नौ जनाको नयाँ कार्यसमिति चयन गरिएको थियो । उक्त बैठकमा सङ्घका निवर्तमान अध्यक्ष एवम् नेटम्याक्सका अध्यक्ष भोजराज भट्टले नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गरेका थिय ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।