विज्ञान र प्रविधिमा भएका अध्ययन अनुसन्धानले विश्व क्रमिक रुपमा नयाँ आविश्कार गर्दै आइरहेको र यसले हाम्रो दैनिक कार्यमा समय र शक्तिको वचत गरी हाम्रो जीवन यापनमा सरलता ल्याएको छ । पुर्वआधुनिक युगलाइँ आधुनिक युगमा परिवर्तन गर्न थुप्रै अनुसन्धानकर्ताहरुले आफ्नो जीवन समर्पित गराए । विगतमा भएका केही आविश्कारहरु — वेन्जामिन फ्रयाङ्कलिनले विद्युत वारे अध्ययन नगरेको भए वा थोमस एडिसनले विद्युतीय वल्ब आविश्कार नगरेको भए, जेम्स वाटले वाफ इन्जिनमा प्रगति नगरेको भए, डिजिटल युगको शरुवातका लागि चाल्स व्यावेजले कम्युटरको आविश्कार नगरेको भए — अनुमान लगाउन गाह्रो हुन्छ, हामी आज कुन अवस्थामा हुन्थ्यौं होला ?
पश्चिमी राष्ट्रहरुले क्रमिक रुपमा गरेका आविश्कारहरु र ति आविश्कारहरुको फाइदा—वेफाइदा, हानि—नोक्सानि मुल्याङ्कन गरी क्रमिक सुधारले त्यहाँका सरकार र नागरिकले प्रत्यक्ष अनुभव गर्न र फाइदा लिन पाए । यस्तै आविश्कारको सहायतामा यी राष्ट्रहरुले विश्वव्यापी रुपमा आफुलाइँ स्थापित गरे र आर्थिक रुपमा सम्पन्न भए ।
तर नेपाली समाज यी घटनाक्रम देखी निकै टाढाँ छ । वहुसंख्यक नेपालीहरु वल्ल परम्परागत कृषि प्रणालीवाट जागिर खाने वा स—सानो व्यवसाय गर्न तर्पm अग्रसर भएका छन् । कतिपय जागिर खानका लागि गाउँबाट शहर प्रवेश गरेका छन् भने कतिपय वैदेशिक रोजगारमा विदेश गएका छन् । नेपाल राष्ट्र बैकको तथ्थाङ्क अनुसार गतवर्ष वैदेशिक रोजगारमा गएका नेपाली श्रमिकहरुवाट ८ खर्व ७९ अर्व रुपयाँ प्राप्त भयो जुन नेपालको कुल गृहस्थ उत्पादनको २५.४% हो । यस परिवेशमा परिवार भित्र वसोवास गर्ने हजुरवुवा र नाति पिढीमा तुलानात्मक रुपमा शिक्षा, स्वास्थ्थ, सेवा सुविधा र खानपान जीवन शैलीमा धेरै परिवर्तन भएका छन् । नेपाली समाज विस्तारै आधुनिक युगमा रुपान्तरित हुदै गइरहेको छ । यस परिवर्तनमा वैदेशिक रोजगारले ठूलो भुमिका निभाएको छ ।
वैदेशिक रोजगारले गरिबी निवारन र वैदेशिक सट्टहीमा अहम भुमिका निभाए पनि सोचे अनुरुप देशको आर्थिक विकास, समृध्दि र नागरिकको जीवन स्तर उँकास्न योगदान गरेको देखिन्न । विदेशी भुमीमा सिकेका सिप देश बिकासमा प्रयोग गरेको देखिन्न । खाडी मुलुकको उच्च तापक्रम र दैनिक १८ घण्टासम्म काम गरेर कमाइएको रकम फजुल खर्च र अनुत्पाधक क्षेत्रमा वढी खर्च भएको छ । सामान्य लेख—पढ गर्न पनि नसक्ने घरका आमा—बुवालाइँ आधुनिकताका नाममा पचासौं हजार पर्ने मोबाइल थमाइएको छ । विदेशीको नक्कल गर्ने परिपाटीको विकाश भएको छ । राष्ट्रिय जीवनस्तर मापदण्ड सर्वेक्षण २०१०÷११ को अध्ययन अनुसार वैदेशिक रोजगारवाट प्राप्त रकम मध्य ७८.९% खाद्य वस्तु, लत्ताकपडा तथा दैनिक निर्वाह, ७.१% क्रण तिर्न, ३.५% शिक्षा, ४.५% घरयासी सरसामान किन्न खर्च गरिएको पाइएको छ भने जम्मा ६.०% वचत गरिने पाइएको छ । तथ्थाङ्क थोरै तल माथी पर्न सक्ला तर वास्तविकता यही नै हो । यसरी वचत थोरै भएकाले वैदेशिक रोजगारमा गएकाले वचतकै निम्ति विदेशमा लामो समयसम्म काम गर्न वाध्य हुन्छन् । तसर्थ मरुभुमिको चर्को घाममा पोखिएका पसिना र हिउँको चिसोमा खियाइएका नङ्ग्रावाट आर्जित रकम विलासिताको नाममा अनावश्यक खर्च नगरौं, वचत गर्न बानी बसालौं गरौं र भविश्यका लागी योजना वुनौं ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ९ कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब…






