पत्रकार कृष्णमणी बराल र ब्यबसायी मीन गुरुङले कोरोनाबिरुद्ध बिजय प्राप्त गरेका छन् । दुबैले आईतबार कोरोनालाई परास्त गर्न सफल भएका हुन् । बरालले कोरोना संक्रमण पुष्टि भएको ३४ औं दिन र गुरुङले २६ औं दिनमा कोरोनालाई जित्न सफल भएको सामाजिक सञ्जाल फेसवुकमार्फत जनाएका छन् ।
कोरोना संक्रमण भएपछि दुबै होम आईसोलसनमा बस्दै आएका थिए । कोरोनालाई जितेर रिपोर्ट आएपछि बरालले कोरोना संक्रमण भएदेखि नै स्वास्थ्य लाभको कामना गर्ने हौसला प्रदान गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
संक्रमणमुक्त भएपछि गुरुङले प्लाज्मा दान गर्ने घोषणा गरेका छन् । आफ्नो रक्त समूह एबी पोजिटिभ भएको बताउँदै उनले आवश्यक पर्दा प्लाज्मा दान दिने घोषणा गरेका हुन् । उनले कोरोना पोजिटिभ भएपछिको आइसोलेसन बसाई पीडादायी हुने उल्लेख गर्दै रोग लाग्न दिनुभन्दा रोग लाग्न नदिनू नै जाती हुने भएकाले सतर्कता अप्नाउन अपिलसमेत गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।