पोखरा । डाइनामिक टेक्नोसफ्ट प्रा.लि.को आयोजना तथा नेशनल प्याब्सन कास्कीको व्यवस्थापनमा विद्यालयका लेखापालहरूका लागि लेखा प्रणाली तथा नयाँ करसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
नेशनल प्याब्सन कास्कीमा आवद्ध विद्यालयको लेखा प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेशनल प्याब्सन कास्कीमा आवद्ध विद्यालयका संस्थापक, प्राचार्य तथा लेखापालको सहभागिता रहेको नेशनल प्याब्सन कास्कीका सचिव प्रेमराज अधिकारीले जानकारी दिए ।
कार्यक्रममा वरिष्ठ सीए पदम बन्धु पोखरेल, डाइनामिक टेक्नोसफ्ट प्रा.लि.का म्यानेजर दुर्गाप्रसाद अधिकारी तथा प्रतिक पौडेलले सहजीकरण गरेका थिए। उनीहरूले विद्यालयमा लेखा व्यवस्थापनका आधुनिक प्रणाली, नयाँ करसम्बन्धी व्यवस्था तथा त्यसको व्यावहारिक प्रयोगका विषयमा सहभागी लेखापालहरूलाई जानकारी गराएका थिए। कार्यक्रममा प्रमुख अतिथि नेशनल प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम खड्काले विद्यालयको लेखा प्रणालीलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले आर्थिक कारोबारलाई व्यवस्थित बनाउन सूचना प्रविधिको प्रयोग, लेखा अभिलेखको उचित व्यवस्थापन तथा प्रचलित करसम्बन्धी कानुनी व्यवस्थाको पालना आवश्यक रहेको बताएका थिए । कार्यक्रमले विद्यालयको आर्थिक प्रशासनलाई थप व्यवस्थित बनाउन तथा लेखापालहरूको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिएको अधिकारीको भनाई थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । डाइनामिक टेक्नोसफ्ट प्रा.लि.को आयोजना तथा नेशनल प्याब्सन कास्कीको व्यवस्थापनमा विद्यालयका…





