विभागीय पुस्तकालयको तयारी तीब्र


     एभरेस्ट आवाज    
     पौष ६ गते २०७७ मा प्रकाशित




पोखरा । क्याम्पस हाता भित्रै क्षेत्रीय पुस्तकालय भएपनि विद्यागत पाठ्यबस्तुको अप्रर्याप्तता भएको भन्दै पृथ्वीनारायण क्याम्पस नेपाली विभागले विभागीय पुस्तकालय स्थापनाको पहल जारी राखेको छ ।

जसबाट नेपाली विषयका विभिन्न विद्याको पठनपाठनका थप सहजता आउने तथा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणमा सहयोग पुग्ने विभागको विश्वास छ।

जसअन्र्तगत यतिवेला पुस्तक संकलन कार्य तीब्र पारिएको छ । हालसम्म विभिन्न संघसंस्था एवम् सृष्टाबाट कुल ५ हजारको सङख्यामा पुस्तक संकलन भइसकेको विभागीय प्रमुख प्रा.डा कुसुमाकर न्यौपानेले जानकारी दिए । जसअन्र्तगत आइतवार नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले पुस्तक हस्तान्तरण गरेको छ ।

कार्यक्रममा भनाई राख्दै प्राज्ञ सदस्य हरीदेवी कोइरालाले पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तकालय स्थापना गर्न लागेकोमा खुसी व्यक्त गर्दै जसले पोखरालाई कितावमय बनाएको चर्चा गरिन्।

पुस्तक ग्रहण गर्दै विभागीय प्रमुख प्रा.डा न्यौपानेले अभियान मार्फत विभागलाई नेपाली भाषा साहित्यको मात्र नभई संस्कृतिको पनि संरक्षण गर्ने थलोका रुपमा विकास गर्न लागिएको स्पष्ट पारे।

उक्त कार्यक्रममा सहायक क्याम्पस प्रमुख डा. बीरबहादुर कार्की, विभागीय सदस्य डा.यमनाथ तिमिल्सीना, पुस्तकालय संयोजक उप.प्राध्यापक निर्मल सापकोटा लगायतले पनि पुस्तकालयको महत्वमाथि प्रकाश पारेका थिए ।

कार्यक्रम अन्र्तगत हाल गण्डकी प्रदेशका सृष्टाहरुबाट पुस्तक संकलनको कार्य तीब्र पारिएको छ । नेपालका विभिन्न स्थान लगायत जापान र वेलायतबाट समेत सृष्टाले पुस्तक हस्तान्तरण गरिसकेका छन् ।
पुस्तक संकलनमा अन्तराष्ट्रिय नेपाली साहित्य समाजसँग पनि सहकार्य भइरहेको विभागीय प्रमुख न्यौपानेले बताए। उनले प्राध्यापक, अनुसन्धान तह र नियमित तर्फका विद्यार्थीलाई पुस्तकालयले थप सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे। पुस्तकालयलाई गण्डकी प्रदेशकै उदाहरण्ीय बनाउने सोच पनि विभागले राखेको छ ।

त्यस्तै विभागले संकलित पुस्तकलाई लेखक र पुस्तकको नाम तथा पुस्तक सङख्या समेतको विवरण राखी व्यवस्थित गर्ने प्रयास समेत थालेको छ । पुस्तक संकलनको अभियान निरन्तर जारी रहने पनि विभागले भनेको छ । हाल क्याम्पसमा १२ हजार बढी विद्यार्थी अध्ययनरत छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।