सडकमा छाडा छोडिएका ३२० चौपायाको व्यवस्थापन गरिएको छ । पोखरा महानगरपालिकाले बेवारिसेपूर्वक स्वतन्त्र छोडिएका जनावरको उचित संरक्षण गरेको हो ।
सडक दुर्घटना हुनबाट जोगाउन जनावरलाई ‘पुष्करणी परोपकार गोकुलधाम’ मार्फत हेरचाह गरिएको छ । प्राप्त दूध र कम्पोष्ट मल बिक्री गरी गोकुलधामले रचनात्मक काम सुरु गरेको छ । महानगरको जनावर उद्धार वाहनमार्फत चौपायालाई पोखरा–१४ बाच्छिवुडुवामा पु¥याइएको नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाले जानकारी दिए । उनले भने, “सडकमा बेवारिसे भेटिएका चौपायालाई उद्धार गरी गौशालासम्म पु¥याउने गरेका छौँ ।”
गाईगोरुको संरक्षण भएसँगै उक्त ठाउँ गोकुलधामका रुपमा चिनिन थालेको छ । गौशलामा गाई, गोरु र बाच्छाबाच्छी गरी ३२० भन्दा बढी चौपाया छन् । गौशला सञ्चालनका लागि महानगरले बर्सेनि आर्थिक सहयोग दिँदै आएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


काठमाडौं, ३० असार — मौसम पूर्वानुमान महाशाखाले गण्डकीसहित देशका विभिन्न क्षेत्रमा आगामी…






