यू १६ छात्ररछात्रा जुनियर ह्याण्डबल प्रतियोगिता अन्तर्गत छात्रतर्फ गुरूकुल मावि र पोखरा एकेडेमी फाइनलमा प्रवेश गरेका छन् ।
पोखरा रंगशालास्थित ह्याण्डबल एकेडेमी खेल मैदानमा जारी प्रतियोगितामा गुरूकुलले प्रगति माविलाई र पोखरा एकेडेमीले पोखरा लर्नस एकेडेमीलाई सेमीफाइनलमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । खेलमा गुरूकुलले प्रगती माविलाई १५–११ तथा पोखरा एकेडेमीले पोखरा लर्नसलाई १७–१४ गोल अन्तरले पराजित गरे । त्यस्तै छात्रातर्फ गण्डकी बोर्डिङ स्कुल ए टिम फाइनलमा स्थान बनाएको छ । सम्पन्न सेमीफाइनलमा पोखरा एकेडेमीलाई ३–० गोलले पराजित गरी फाइनलमा पुगेको हो । त्यस्तै छात्रातर्फको एक अर्को खेल भने वर्षाका कारण स्थागित भएको छ । दोस्रो सेमीफाइनल खेल गण्डकी बोर्डिङ बी र प्रगती मावि बीच हुने तय थियो ।
आज रोकिएको एक सेमीफाइनल खेल, तेस्रो स्थान एवं फाइनल खेलहरु सबै सोमबार हुने रेफ्रि संयोजक विशाल बस्नेतले जानकारी दिएका छन् ।गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना, प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक संयोजनमा आयोजित प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भइरहेको छ ।
प्रतियोगिताका विजेता छात्र तथा छात्रा टोलीले समान २५ हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर र सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा छात्र–छात्रातर्फ गरी २२ टिमको सहभागिता रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठ पोखरा, असार २८ सरकारले चर्को जरिवाना शुल्क तोकेर यातायात सञ्चालन…






