त्रिविले ५ सय बढी उपप्राध्यापकको विज्ञापन खुलाउँदै


     एभरेस्ट आवाज    
     पौष २४ गते २०७७ मा प्रकाशित




त्रिभुवन विश्वविद्यालयले ५ सयभन्दा बढी उपप्राध्यापकको लागि विज्ञापन खुलाउने भएको छ।

खुला प्रतिस्पर्धाका आधारमा पदपूर्ति गर्ने योजना अनुसार ५ सयभन्दा बढी उपप्राध्यापक खुलाउन लागेको हो।

रिक्त दरबन्दीका आधारमा अब हरेक वर्ष खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्ने योजना त्रिविले बनाएको छ। त्यस्तै, केही विषयमा दरबन्दी साटफेर गरेर पनि पदपूर्ति गरिने तयारी त्रिविको छ। यसका लागि दरबन्दी संकलनको काम भइरहेको त्रिविले जनाएको छ। त्रिविमा कार्यरत आंशिक प्राध्यापकको दरबन्दी विवरण पनि संकलन भइरहेको जनाएको छ ।

त्रिविले खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक लिन लागेका हो। त्रिविका अनुसार एक महिनाभित्र विज्ञापन आह्वान गर्ने तयारी गरिएको हो। आंशिक प्राध्यापकको दरबन्दी संकलन गर्ने काम भइरहेको छ । दक्ष र योग्य जनशक्तिलाई अवसर मिल्ने त्रिविले जनाएको छ। त्रिविमा कार्यरत आंशिक प्राध्यापकको दरबन्दी विवरण पनि संकलन भइरहेको जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।