महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई निजी विद्यालयको छाता संस्था प्यावसन कास्कीले नगद २ लाख सहयोग गरेको छ
प्यावसनको ३१ औं वार्षिकोत्सवका अवसरमा कास्की प्यावसनले सामाजिक उत्तरादायित्व अन्तरगत उक्त रकम हस्तान्तरण गरेको प्यावसन कास्कीले जनाएको हो । प्यावसन कास्कीले आयोजना गरेको एक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी पोखरा विश्वविद्यालयका उपकुलपती प्रा.डा. प्रेम नारायण अर्यालले केन्द्रका अध्यक्ष महाविर पुनलाई उक्त रकम वरावरको चेक हस्तान्तरण गरेका थिए ।
त्यसै गरि वार्षिकोत्सव कार्यक्रम अन्तरगतनै प्यावसन कास्कीले पोखरा महानगर शिक्षा महाशाखालाई १० हजार थान मास्क उपलव्ध गराएको छ ।
यसै गरि सम्पन्न कार्यक्रममा कास्कीमा आफ्नो स्थापनाको २५ वर्ष पुरा गरेका ६ वटा विद्यालयलाई समेत प्यावसन कास्कीले सम्मान गरेको छ । यसरी सम्मानित हुने विद्यालयहरुमा नेपाल आदर्श आवासिय विद्यालय, ग्लोवल कलेजियट, रेन्वो एकेडेमी, न्यू ऐरा एकेडेमी, सवलाइम एकेडेमी, र लिटिल डेफोडिल रहेका छन ।
कार्यक्रम अन्तरगत प्यावसनले विभिन्न १० विद्यालयमा २० वर्ष सेवा पुरा गरेका १८ जना शिक्षक तथा कर्मचारीलाई समेत सम्मान गरेको छ ।
प्यावसन कास्कीका अध्यक्ष प्रेम प्रसाल शर्मा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सल्लाहाकार डाmेराज पाण्डे, हिसान कास्कीका अध्यक्ष डा रामजी शर्मा, नेपाल शिक्षक संगठन कास्कीका अध्यक्ष रोम हर्षण पौडेल, प्यावसनका द्वितिय उपाध्यक्ष मथुरा प्रसाद पौडेल, सचिब विष्णु तिमिल्सिना लगाएतले आ–आफ्ना धारणा राखेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३० गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ प्रतिशत…





