दुवईमा युथ स्पोर्टिङ क्लबले जित्यो समृद्धि फुटबलको उपाधि


     एभरेस्ट आवाज    
     पौष २९ गते २०७७ मा प्रकाशित




युथ स्पोर्टिङ क्लबले दुवईमा सम्पन्न पहिलो समृद्धि फुटबलको उपाधि जितेको छ।

युथ स्पोर्टिङ क्लबले योङ ब्वाइज क्लबलाई हराउँदै उपाधि जितेको हो।

कास्की आदर्श समाज युएई र फुटबल क्लबको संयुक्त आयोजनामा भएको खेलमा १२ टिमको सहभागिता थियो ।

विजेता युथ स्पोर्टिङले १ लाख ४५ हजार र उपविजेता ब्वाइज क्लबले ८१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा युथ स्पोर्टिङका मधु भुजेल चुनिए। युथ स्पोर्टिङका प्रकाश वस्नेतले उत्कृष्ट गोलरक्षक, नेपाल टाइगरका सनिल लिम्बुले सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट रक्षक युथ स्पोर्टिङका प्रविण श्रेष्ठ भए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।