दमौलीमा अपाङ्गता भएकालाई सहयोग


     एभरेस्ट आवाज    
     चैत्र १६ गते २०७७ मा प्रकाशित



अपाङ्गता भएका व्यक्तिलाई आय–आर्जनमा सहयोग पु¥याउन रिसेड तनहुँले आर्थिक सहयोग प्रदान गरेको छ।

व्यास नगरपालिकाको सहयोगमा रिसेडले व्यावसायिक सीप सिकेर आय–आर्जन गर्न चाहने २८ अपाङ्गता भएकालाई आर्थिक सहयोग प्रदान गरेको हो।

नगरपालिकाका १४ वटै वडाबाट रिसेडले अपाङ्गता भएका व्यक्ति छनोट गरी प्रति व्यक्ति ७ हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेको रिसेडका अध्यक्ष पदम परियारले जानकारी दिए।

उनका अनुसार अपाङ्गता भएका व्यक्तिको मागअनुसार नै व्यवसाय संचालनका लागि सहयोग गरिएको हो।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।