१६ कम्पनीको झण्डै ६ अर्बको आइपीओ आउँदै


     एभरेस्ट आवाज    
     चैत्र २७ गते २०७७ मा प्रकाशित




नेपालको पूँजीबजारमा १६ वटा कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएका छन्।

ती कम्पनीहरुले झण्डै ६ अर्ब रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएका हुन्। तीमध्ये १३ वटा जलविद्युत कम्पनी र तीनवटा अन्य कम्पनी छन्।

उनीहरुले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएका छन्। बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र आईपीओ निष्कासन गरिसक्नुपर्ने छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।