पोखरा । शनिबार मध्यरातबाट लागू हुने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ ।
निगमले मध्यरात बाट लागू हुने गरि पेट्रोल र डिजेल÷मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उपाध्ययाका अनुसार एलपी ग्यास र अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै रहेको छ ।
यस्तै आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको छ ।
मूल्य बढेसंगै पेट्रोलको प्रतिलिटर १२१ र डिजेल÷मटितेलको १०४ रुपैयाँ तय गरिएको छ ।
यस अघि निगममले गत चैत २२ गते पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा आयोजित मौलिक देउसी–भैलो प्रतियोगितामा पुन समाज पोखरा च्याम्पियन बनेको छ। तिहारको…







