पोखरामा ‘किनमेल संसार’


     एभरेस्ट आवाज    
     वैशाख ११ गते २०७८ मा प्रकाशित




पोखरा । पोखरामा किनमेल संसार संचालनमा आएको छ । पोखरा—४ गैह्रापाटन प्राईम सहकारीको भवनमा अवस्थित किनमेल संसारलाई पत्रकार संजय कुमार मल्ल र उनकी श्रीमती अञ्जु मल्लले संचालनमा ल्याएका हुन् ।

यसअघि अनलाइन व्यवसाय मात्रै गर्दै आएको “किनमेल संसार” को आउटलेटको शनिबार एक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ । जसलाई कलाकारद्वय प्रकाश घिमिरे र माओत्से गुरुङ, रेडियो अन्नपूर्णकी प्रबन्ध निर्देशक सुनयना पालिखे र नायिका रजनी गुरुङले रिवन काटेर उद्घाटन गरे ।
किनमेल संसारमा ब्राण्डेड बेडसेट उपलब्ध रहेको संचालक मल्लले जानकारी गराएका छन् । बेडसेटका लागि आवश्यक पर्ने तन्ना, सिरानी र सिरकसँगै महिला दिदीबहिनीहरुका लागि कुर्ता समेत किनमेलमा विक्रीवितरण गरिने उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।