आज बैशाख १२ गते। सात वर्षअघि आजकै दिन गोरखाको बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर महाभुकम्प गएको थियो। स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी गोरखा महाभूकम्पको स्मृति दिवस मनाइँदैछ।
यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धी, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठीको आयोजना गरेको छ। कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिने र त्यसमाथि विज्ञले टिप्पणी गर्ने कार्यक्रम रहेको प्राधिकरणले जनाएको छ।
०७२ वैशाख १२ गते बिहान ११ः५६ बजे ७ दशमलव ६ रेकटर स्केलको भुकम्प गएको थियो। सामान्य दैनिकीमा व्यस्त मुलुक अकस्मात बैशाख १२ गतको भुकम्पले ध्वस्त बनायो।
नेपाली जनताले कहिल्यै नभोगेकोे, नकल्पेको क्षति भयो । धरहरा, बसन्तपुर ढले। गाँउ, टोलदेखि अस्पतालसम्म चिच्याहट फैलियो। महाभुकम्पबाट करिब ८ हजार ८ सय जतिले ज्यान गुमाउँदा २२ हजार भन्दा बढि घाइते भए। भ्mण्डै ५ लाख घरहरु क्षति भए। हजारौंको संख्यामा विस्थापित बने। ८ हजार बढि विद्यालयका भवनहरु लडे, करिब ८ सय ऐतिहासिक सम्पदा, हजारौंको संख्यामा अस्पताल र लाखाँै निजी तथा सरकारी घर÷भवनहरु भत्किदाँ करिव ६६९ अर्ब रुपैंया बराबरको क्षति नेपालले व्यहोर्नु प¥यो।
भूकम्पले करिब १० लाख निजी आवास, सात हजार ५ सय ५३ विद्यालय, ४९ हजार ६ सय ८१ कक्षाकोठा, ५ सय ४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, ६ सय ५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको थियो। यसैगरी ४ सय १५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका १ सय ७० सम्पदासहित ९ सय २० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका ३ सय ८३ भवनमा क्षति पुगेको थियो।
३ हजार २ सय १२ खानेपानी संरचना, ५३ सडक र २ सय ९९ मानव बस्तीमा क्षति पुगेको तथ्यांक प्राधिकरणसँग छ। देश विदेशबाट एकसाथ आएको सहयोगले पीडितले उद्धार, उपचार र राहत पाए। त्यसपछिका केही ठूला र निरन्तर आइरहेका परकम्पले नेपालीलाई अझै त्रसित बनाइरह्यो। वर्षभरिमा साना ठूला गरी ३० हजारभन्दा बढी पराकम्प गएको थियो।
गोरखा भूकम्पले ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौँ, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति गरेको थियो।
यसैगरी सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी गरी १८ जिल्ला कम प्रभावित भएका थिए । गोरखा भूकम्पले भत्किएका करिब १० लाख घरमध्ये ६ लाख ३८ हजार ५ सय ४० घर पुनःनिर्माण भएका छन्। ७ वर्षअघिको भूकम्पले भत्किएर आठ लाख ११ हजार ७५४ घरधनीले पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको लाभग्राही सूचीमा समावेश भएर सम्झौता गरेका छन्।
हालसम्म ८ लाख १० हजार ६ सय ३५ लाभग्राहीले पहिलो किस्ताको ५० हजार बुझेका छन्। ७ लाख ४ हजार ४ सय ६७ लाभग्राहीले दोस्रो किस्तावापत १ लाख रुपैयाँ लिएका छन्। घर सम्पन्न गरेर ६ लाख ३८ हजार ५ सय ४० लाभग्राहीले तेस्रो किस्ताको १ लाख ५० हजार रुपैयाँ लिएका छन्। चालु आर्थिक वर्षभित्र निजी आवास पुनःनिर्माणका मूलभूत काम सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ।
निजी आवास पुनःनिर्माणका क्रममा ६ लाख ३४ हजार ९ सय ७३ गुनासा आएकामा ती सबैको सम्बोधन गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणबाट भएको गुनासो सुनुवाइमा पनि चित्त नबुझेमा जिल्ला तहमै पुनरावेदन दर्ता गरी पुनरावेदन समितिमार्फत समस्या समाधान गर्ने व्यवस्था मिलाइएको छ।
जोखिम एवं विपन्न वर्गका लाभग्राहीको घर पुनःनिर्माणमा प्राधिकरणले करिब ९ सय घुम्ती डकर्मी र २ सय ५४ सामाजिक परिचालक परिचालनसहित विशेष अभियान अघि बढाएको छ। साझेदार संस्थालाई पनि यस कार्यमा परिचालन गरिएको छ। व्यापक अभियानका साथ जोखिम वर्गका लाभग्राहीको घर पुनःनिर्माण भइरहेको जनाइएको छ।
भूकम्पपछि २ सय ९९ वटा असुरक्षित स्थानमा रहेका ४ हजार ७ सय २० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको छ । १२ हजार ७ सय ८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण सिर्जना गरिएको छ।
क्षतिग्रस्त ९ सय २० सम्पदामध्ये ४ सय ९३ पुनःनिर्माण सम्पन्न भएको छ। २८८ सम्पदा पुनःनिर्माण भइरहेका छन् । राष्ट्रको मुख्य प्रशासनिक भवन, सिंहदरबारको उत्तर, दक्षिण र पूर्वी भाग प्रबलीकरण भई गत फागुन ३ गते उद्घाटन भएको छ।
फागुनदेखि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको मूल भवनबाट नै संचालन शुरु भएको छ। केशरमहल, बबरमहल, बालमन्दिर, नारायणहिटी सङ्ग्रहालय क्षेत्रमा रहेको रणोद्दीप दरबारलगायतका पुरातात्विक महत्वका दरबारको जीर्णोद्धार जारी छ।
भूकम्पले क्षति भई मर्मत गर्नुपर्ने ४ सय २ गुम्बामध्ये २ सय ९४ वटा सम्पन्न भएका छन्। पुनःनिर्माण गर्नुपर्ने ८ सय ९५ मध्ये १०० वर्षभन्दा पुराना र २ हजार वर्ग फिटभन्दा बढी ‘प्लिन्थ एरिया’ भएका २ सय ६४ वटा गुम्बामध्ये ३६ वटा र १०० वर्षभन्दा कम र २ हजार वर्ग फिटभन्दा मुनिका ६ सय ३१ गुम्बामध्ये १ सय १ को पुनःनिर्माण अघि बढेको छ। भूकम्पबाट क्षतिग्रस्त कूल ७ हजार ५ सय ५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ। हाल बाँकी १७ प्रतिशत विद्यालय पुनःनिर्माण भइरहेको छ। विद्यालयको पुनःनिर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ।
भूकम्पले क्षतिग्रस्त कूल १ हजार १ सय ९७ स्वास्थ्य संस्थामध्ये ६ सय ९८ को पुनःनिर्माण सम्पन्न भएको छ। २ सय ९६ स्वास्थ्य संस्थाको पुनःनिर्माण जारी छ। क्षति पुगेका कूल ४ सय १५ सरकारी भवनमध्ये ९० प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको छ। प्राधिकरणअन्तर्गत निर्माण भइरहेका सुरक्षा निकायका २ सय १६ वटा संरचनामध्ये २ सय १४ को पुनःनिर्माण सम्पन्न भइसकेको छ।
भूकम्प प्रभावित विभिन्न जिल्लामा भूकम्पले असर गरेका ७ सय ६२ किमी सडक पुनःनिर्माण गर्नुपर्नेमा ५ सय २५ किमी सडक बनेको छ। बाँकी सडकको पुनःनिर्माण यसै आवभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
गोरखा भूकम्पले दिएको पीडा कसैले बिर्सन सक्दैनन्। त्यसो त, नेपाल भूकम्पीय जोखिमको हिसाबले विश्वको ११ औँ स्थानमा पर्दछ। नेपालको भौगर्भिक अवस्था निकै कमजोर मानिन्छ। दैनिक स–साना भूकम्प गइरहनुले पनि नेपालको भौगर्भिक अवस्था कमजोर देखिन्छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा आयोजित मौलिक देउसी–भैलो प्रतियोगितामा पुन समाज पोखरा च्याम्पियन बनेको छ। तिहारको…







