अन्तराष्ट्रिय उडानमाथिको प्रतिवन्ध जेठ १७ सम्म लम्बियो


     एभरेस्ट आवाज    
     वैशाख २८ गते २०७८ मा प्रकाशित




फाइल तस्विर

काठमाडौं । अन्तराष्ट्रिय हवाई उडानमाथि लगाइएको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ ।

सरकारले यस अघि कोरोना भाइरस संक्रमणको चेन ब्रेकका लागि भन्दै वैशाख मसान्तसम्म लगाएको प्रतिबन्धलाई लम्बाएर जेठ १७ गतेसम्म पुर्याउने निर्णय गरेको हो ।

सो विचमा भारतसंगको सातामा दुई उडान , मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने नरोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।