प्रतिकात्मक तस्बीर
कोरोना महामारीसँग जुध्न बागलुङका १० स्थानीय तह एक जुट भएका छन्।
त्यहाँको स्थानीय तहले संयुक्त रुपमा ५५ लाख रुपैयाँको कोरोना कोष स्थापना गरेका हुन्।
सोमबार बसेको जिल्लाका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको वैठकबाट जिल्लाका सबै पालिकाले संयुक्त रुपमा संकटसँग जुध्न कोष स्थापना गरेका हुन्।
कोषमा बागलुङ नगरपालिकाले १० लाख लाख र अन्य पालिकाले पाँच लाख रुपैयाँका दरले जम्मा गर्ने निर्णय गरेको हो। पालिकाहरुले संयुक्त रुपमा स्वास्थ्य सामाग्री व्यवस्थापन, जनशक्ति व्यवस्थापन र शव व्यवस्थापन लगायतका कोरोनासँग सम्बन्धित काममा खर्च गर्नका लागि संयुक्त रुपामा कोष स्थापना गरिएको बागलुङ नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए।
‘स्थानीय तहले आ–आफ्नै ढंगले तयारी थाल्नुभएको छ, त्यो प्रयाप्त छैन, किनभने कोरोना दर निकै बढ्दो रहेको छ, उनले भने ‘कतिपय कुरा स्थानीय तह एक्लैले नसक्ने अवस्था छ, एम्बुलेन्स, शव वाहन लगायतका सवारी संचालनमा समेत साझेदारिताका लागि कोष स्थापना गरिएको हो।’
जिल्लाको गलकोट, जैमिनी , ढोरपाटन नगरपालिका, निसीखोला तमानखोला, बडिगाड , ताराखोला, बरेङ तथा काठेखोला गाउँपालिकाले बागलुङ नगरपालिकाको समन्वयमा स्थापना गर्न थालिएको कोषमा ५ लाख रुपैयाँका दरले जम्मा गर्नेछन्।
कोषमा जम्मा भएको रकम संक्रमितको उपचार गराउँदै आएको धौलागिरी अस्पतालसँग समन्वय गरी खर्च गरिनेछ। यस्तै, बैठकले स्वास्थ्यकर्मीको दरबन्दी परिपूर्तीको लागि संघ तथा प्रदेश सरकारसँग आग्रह गरेको छ।
कोरोनाको पहिलो लहरमा समेत बागलुङका १० स्थानीय तहले संयुक्त रुपमा कोरोनासँग जुध्न कोष स्थापना गरी काम गरेका थिए। उक्त काम प्रभावाकारी भएको थियो। यसैले दोस्रो लहरका लागि कोष स्थापना गरिएको काठेखोलाका अध्यक्ष अम्मरबहादुर थापाले जानकारी दिए।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा आयोजित मौलिक देउसी–भैलो प्रतियोगितामा पुन समाज पोखरा च्याम्पियन बनेको छ। तिहारको…







