‘अक्सिजन प्लान्ट राख्न पोखरामा रु १००/- दान गरौं महाअभियान शुरु’


     एभरेस्ट आवाज    
     जेठ ४ गते २०७८ मा प्रकाशित




पश्चिमान्चल क्षेत्रिय अस्पतालमा अधिकतम क्षमताको अक्सिजन प्लान्ट स्थापनाको लागि अर्थ संकलन अभियान जारी छ । बतास फाउन्डेसनको समन्वयमा शुरु गरिएको यस अभियानलाई अब महाअभियानको रुपमा अघि बढाइने भएको छ । सबै पोखरेलीलाई अपनत्व महसुस गराउन ‘रु १०० दान गरौं,महामारीमा प्रण राखौं ‘महाअभियान शुरु गरिएको अभियन्ता तथा बतास फाउन्डेनसनका अध्यक्ष आनन्दराज बतास बताउनुहुन्छ । एभरेस्ट एफ.एम.९३ मेगाहर्ज क्याम्पेन पार्टनर रहेको यो अभियानमा पोखराका समाजसेवी,व्यवसायी, उद्यमी, नागरिक समाज, सामाजिक संघ संस्था , सञ्चार प्रतिष्ठान र सर्बसाधारण सबैलाई सहकार्यको लागि अनुरोध गरिएको छ ।

महाअभियानमा जुट्न आह्वान गर्दै अभियन्ता बतासले भने, ‘नेपालमा कोभिडले पहिलो मृत्यु भएको ठिक एक वर्षमा मृतकको संख्या ५ हजार नाघ्यो । दुखद् पक्ष त के छ भने कोभिडका कारण मृत्यु हुनेको सङ्ख्यामा नेपालले चीनलाई उछिनिसकेको छ । अक्सिजन, भेन्टिलेटरजस्ता उपकरणको अभाव तथा खोपमा भइरहेको ढिलासुस्तीले यो महामारी नेपालका लागि आउँदा दिनमा झनै चुनौतीपूर्ण बन्ने देखिँदैछ । लौन, अब त समयमै जागौं ! ।’

अभियानमा बतास फाउन्डेसनबाट २५ लाख, बतास अर्गनाईजेसन मातहतका कम्पनीहरुबाट २५ लाख, केसि ग्रुप,पोखरा स्व.सुर्यबहादुर केसीले २५ लाख, अटोवेज प्रालिका सञ्चालक नारायण पौडेलले २५ लाख, सेलवेज डिपार्टमेन्टल स्टोर्सका सञ्चालक सुशील प्राधानाङ्गले २५ लाख, सुपर मादी हाइड्रो पावरका सञ्चालक पुस्प ज्योति ढुंगानाले २५ लाख , ज्वारचन,क्वालिटी एगृगेट माइनिङका सञ्चालक देबबहादुर ज्वारचनले २५लाख, बि रिभर माइनिङ प्राली, रामघाटबाट २५ लाख, माउन्ट कैलाश रिसोर्टका सञ्चालक नरेश भट्टराईबाट १ लाख ५५ हजार प्राप्त भएको छ ।

यसैगरी अभियानमा बैकुण्ठ रन्जित राम बजारबाट १ लाख, होटल ल्यान्ड मार्कका सञ्चालक ओम प्रकाश पाण्डेबाट १ लाख ११ हजार १११, मोहरियाटोल निवासी समाजसेवी जवाहर श्रेष्ठ तथा उहांकी धर्म पत्नि लक्ष्मि श्रेष्ठले रु २ लाख २ हजार २२२ सहयोग गर्दै सबैलाई सुरक्षित रहि सक्दो सहयोग गर्न अनुरोध गरेका छन् ।
यसैगरी, पिराज ट्रेड कन्सर्न जिरो कि.मि. पोखराबाट १ लाख ५५ हजार ५ सय ५५, सिर्जना बिकास केन्द्र पोखरा(८ सिर्जनाचोक ९अध्यक्ष , इन्द्र पौडेलबाट १ लाख ११ हजार १११, गण्डकी निर्माण समन्वय प्रा.लि. बिजयपुर९अध्यक्ष रामजी सि।के।बाट १ लाख १ हजार, प्रकाशमान गुभाजु मोहरिया टोलबाट १ लाख, स्वर्गीय सूर्यरत्न शाक्य तथा स्वर्गीय अष्टकुमारी शाक्यको स्मृतिमा छोरा बिनोदरत्न शाक्यबाट १ लाख, पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पवन प्रजापतिबाट १ लाख, दीपक लाल बाटाजु ,नया बजार पोखराबाट १ लाख, गैर आवाशीय संघ, बेल्जियमको अध्यक्ष चित्र सुबेदी, लेखनाथ ३० बाट १ लाख, मोहन बतास, दमौलीबाट १ लाख प्राप्त भएको छ ।

अक्सिजन प्लान्ट निर्माणका लागि कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद खगराज अधिकारीबाट १ लाख, गण्डकी प्रदेश सांसद मानबहादुर गुरुङ, सिक्लेसबाट १ लाख, डा भरत खत्री,पोखराबाट ५० हजार, सनकमान बाटाजु , पोखराबाट १ लाख, नेपाली कांग्रेस कास्कीकी सहसचिव रंगिला पौडेल आचार्यबाट २ लाख ७ हजार ७ सय ७७, इच्छाशक्ति अटोमोबाइल्स प्रा। लि। बजाज शोरुम नयॉबजारबाट रु १ लाख ११ हजार १ सय ११, लाईफ अटोमोवाइल्स प्रालि (सोल डिष्ट्रिीब्यूटर अफ जीप फर नेपाल)का विष्णु अग्रवाल र आनन्दराज बतासबाट ३ लाख, सेती क्यानोयिङ प्रा लिका सञ्चालक कर्केन गुरुङबाट ३ लाख, फिस्टेल एकेडेमीका सञ्चालक चिनु रानाभाटबाट २ लाख प्राप्त भएको छ ।

अक्सिजन प्लान्टका लागि समाजसेवी तथा बरिष्ठ हास्य व्ब्यग्यकार विश्व शाक्यले सिद्दि सेतुली प्रतिष्ठानको तर्फबाट २ लाख २२ हजार २२२ र आफ्नो परिवारका तर्फबाट थप १ लाख ११ हजार १११ आर्थिक सहयोग गर्दै पूण्य प्राप्तिको अभियानमा सहभागि भई बिपत्तिको अन्त्य गर्न आग्रह गरेका छन् ।
अभियानमा एभरेस्ट एफएमका अध्यक्ष कर्मकुमारी गुरुङले १ लाख रुपैयाँ दिएकी छन् । सहयोग रकम दिदै उनले अभियानमा जुटि जीवन रक्षाका लागि सहयोग गर्न सम्पूर्ण पोखरेलीलाई अपिल गरेकी छन् ।

त्यस्तै, पोखरा घर भई अमेरिका बस्दै आएकी विमला श्रेष्ठले पनि एक लाख सहयोग गरेकी छिन् । सहयोग रकम प्रदान गर्दै उनले तन विदेशमा भएपनि मन पोखरामै रहेको र देशको अवस्था यस्तो देख्दा विरक्त लागेको बताएकी छन् । उनले पनि विपत्तीका बेला सबै एकजुट भएर सामना गर्न आग्रह गरेकी छिन् ।

पोखरा नयाबजार निबासी रुपकुमारी तमुले आफ्नो स्वर्गिय श्रीमान एम.भि.ओ.ए.बि.ई. मेजर जयबहादुर तमुको स्मृतिमा १ लाख ५ हजार सहयोग गर्दै चांडै अक्सिजन प्लान्ट राख्न सकियोस् भनि कामना गरेकी छन् ।

दिटिका इन्टरनेसनल प्रा.लि.का अध्यक्ष युवा ब्यबसायी टिकाकुमारी गुरुङले आफ्नो कम्पनिको तर्फबाट महाअभियानलाई १ लाख सहयोग हस्तान्तरण गर्दै राजनीति भन्दा माथि उठेर महामारीको बेला सम्पूर्ण जुटेर सामना गर्न आग्रह गरेकी छन् ।

गैर सरकारी संस्था नेलम्बो नेपालका अध्यक्ष एकदेब देवकोटाले आफ्नो संस्थाको तर्फबाट रु ३ लाख सहयोग गर्दै फास्ट ट्रयाकबाट प्लान्ट स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।

शिक्षासेवी शिब बानियाले १ लाख ५० हजार सहयोग रकम जम्मा गर्दै बिपत्तिको बेला सम्पूर्ण पोखरेलीलाई हातेमालो गर्न अनुरोध गरेका छन् ।

यामाहा शो रुम पोखराका समाजसेवी रामप्रसाद श्रेष्ठले १ लाख २५ हजार रकम महाअभियानलाई हस्तान्तरण गर्दै बिपत्तिबाट चांडै उन्मुक्ति पाउन सकियोस् भनि कामना गरेकी छन् ।

कन्चन क्यापिटल प्रा।लि।का अध्यक्ष बिमल गुभाजुले स्वर्गिय कृष्णमान गुभाजुको स्मृतिमा संस्थाको तर्फबाट रु ३ लाख सहयोग गर्दै महामारीका बिरुद्द सबै जुट्न तथा सरकारलाई जिम्मेवारीपूर्वक नियन्त्रणमा लाग्न अनुरोध गरेका छन् ।

यामाहा शो रुम पोखराका समाजसेवी रामप्रसाद श्रेष्ठले रु १ लाख २५ हजार रकम महाअभियानलाई हस्तान्तरण गर्दै बिपत्तिबाट चांडै उन्मुक्ति पाउन सकियोस् भनि कामना गर्नु भयो ।

लभ्लि हिल्स हाउसि।प्रा।लि।का अध्यक्ष अनिल ताङबे गुरुङले रु ३ लाख सहयोग गर्दै बिपद्को बेला आरोप प्रत्यारोप छोडि युद्दस्तरमा मानवीय ज्यान बचाउन सबै लाग्न अपिल गरेका छन् ।

एभरेस्ट एफ.एम.का संचालक तथा पन्चरत्न आभुषणका शोभितमान बुद्दाचार्यले रु २ लाख सहयोग गर्दै सम्पूर्ण युवा उद्यमीलाई मानवीय सेवा र सहयोगमा जुट्न आग्रह गरे ।

एभरेस्ट एफ.एम.का संचालक तथा सिटिजन फर्निचर न्यूरोडका दीपक कार्कीले भैरब ग्रुपका तर्फबाट एक लाख सहयोग गर्दै विपत्तिको सामनाका लागि सबैलाई यस महाअभियानमा जुट्न अनुरोध गरे ।

ग्लोबल आइएमई बैंक लिमिटेड ,पोखरा शाखा ।बतास फाउन्डेसनको खाता नम्बर ६५०१०१००००४७७ मा जोसुकैले रु १०० देखि जतिसकै रकम आफ्नो स्वेच्छाले जम्मा गर्न सकिने क्याम्पेन पार्टनर संयोजक दीपेन्द्र श्रेष्ठले बताउनु भयो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।